हाइकू
रंग फेेर्नमा
माहिर भयाे मान्छे
हार्याे छेपाराे
बुझ्दैन पीडा
अचानाेकाे खुकुरी
अाफन्त जस्तै
व्याकुल मन
नदी तट नियाल्दै
प्रेम प्रतिक्षा
जति नुहाअाेस्
गधा हुन्छ र गाई
बुझ न भाई
माने ईश्वर
नमाने मात्र ढुङ्गा
अाफ्नाे बिश्वास
सर्प झैँ भए
हिजोआज मानिस
दुईटा जिब्रो
काेपिला झर्यो
फक्रन नपाउँदै
पापी भँवरा
दाेषी रे फूल
सम्मानित भँवरा
हाम्रो समाज
भुत्ते खुकुरी
काट्न सक्दैन केहि
तैपनि फूर्ति
अा-अाफ्नाे काम
काेहि पनि नजान्ने
अरूकै जान्ने !!
मुठी राेपेर
फलाउनु छ मानाे
असारे पर्व
लौ लुट्नु लुट
बिर्ता भो देश तिम्रै
निरिह हामी
कुकुर दाेश्राे
कार्यकर्ता प्रथम
'बफादारी' मा !!!
निन्द्रा नलागे
प्यूरीकाे डस्ना पनि
के काम लाग्छ ?
रस सम्भाल
भंवराकाे के भर
चुस्छ हिंडछ
बाेलीकाे राप
मन-मुटु खरानी
चिसाे सम्बन्ध
नाम त्रिनेत्र
जन्मै दृष्टिविहीन
के छ नाममा ?
मीठो बाेल्दैमा
के जान्छ र हजुर
तुच्छता किन !
निश्चल देह
चितारुपी बिछ्याैना
धुवाँकाे मुस्लो
सह-अस्थित्व
समर्पण र प्यार
जीवनाधार
घडीको सूई
जति घुमेनी उही
तेह्र बज्दैन
नशालु अाँखा
मादक अाेठहरु
फिर्याे जवानी
ती तृणकुटी
उनको साथ हुँदा
लाग्छ महल
उनका अश्रु
पाेल्छ मेराे हृदय
तेजाव सरी
रक्सीको ज्ञान
हिन्दु मुसलमान
सबै समान
कहिले चाट्ने
कहिले घाँटी काट्ने
कस्तो चरित्र
मै मात्र ठूलाे
अरु सबै कमिलाे
वाह ! घमण्ड
कसार जस्तै
न गुदि न त बाेक्रा
सर्वाङ्ग उस्तै
तेरो र मेरो
ब्यर्थ छ चुरिफुरी
के छ र लानु
शंका नै शंका
एउटा संग बाेल्याे
अर्काे चैं ठुस्स
दही चिउरे
याैटाकाे खायाे नुन
अर्कैकाे गुन
कलिकाे मान
सजिलो चीयापान
सबैका लागि !
अावश्यकता
सकिन्छ पुरा गर्न
तृष्णा सकिन्न
उदास अाँखा
बिछाेडिनुकाे पीडा
बेचैन मन
उनको माया
भीरमाैरीकाे मह
पाउनै गाह्राे
सबै घरमा
देवता नपुगेरै,
अामा पठाए
अाँखाकाे बाटो
मुटुभित्र पस्छेउ
थाहै नदिई !
कलुष मन
ब्यक्त शुभेच्छाहरु
हाेला सार्थक ?
एक्लो दाउरा
दन्किन्छ र कसरी
साथ चाहिन्छ !
बाँच बचाऊ
हांस अनि हंसाऊ
के छ र लानु ?
रक्सीकाे प्याला
माैसमी मादकता
साथमा तिमी
देश बेहाल
नेताजी माला-माल
यस्तै छ चाल
खादा र माला
के हाे नेताजी चाला
लाज लाग्दैन ?
बिर्को खुल्दैमा
मातिइसक्याे मन
बाँकी छ प्यूनै
अाएरै छाड्ने
अाएपछि नजाने
बुढ्याैलीपन
अपूर्ण ईच्छा
ती जिजीविषाहरु
बिचरा मान्छे !
अधरामृत
खाेयाबिर्के झैँ कडा
पियाे मात्तियाे !
समय अघि
भाग्यभन्दा अघिक
केही पाईन्न !
सुख र दुःख
कुमाले चक्रजस्ता
अाउँछन् जान्छन् ।
खेर नफालाैं
अमृत हाे जीवन
गराैं सत्कर्म !
कपाल भन्दा
साेह्रबर्षले कान्छाे
जुङ्गा फूलेछ !
हुंदाे हाे यदि
मृत्युको पूर्वाभाष,
के गर्थ्याे मान्छे !
बर्षाैं पछाडि
अनायास भेटियाैं
याद बल्झियाे
चाेट तिमीमा
अनुभूति मलाई
याे के भएकाे
ज्ञानकाे अहं
पद-पैसाको दम्भ
क्षणिक मात्रै
मुर्खमा अर्ती
भालुलाई पुराण
कामै लाग्दैन
मानिस धनी
धन भन्दा मनले
शास्त्रले भन्छ
के हाे जीवन
पानीको फाेकाजस्तै
क्षणमै फुट्छ !
अन्तिम यात्रा
मलामीहरु सङ्ग
अार्यघाटमा !
किन्ने लाउन्न
लाउनेले किन्दैन
अन्तिम बस्त्र !
बाेझिल अाँखा
थर्थराएका अाेठ
प्रेम प्रतीक्षा !
न प्रदर्शन
न दर्शन अपराध,
सक्दाे देखाऊ !
भान्छा र भाेक
मधुशाला र प्यास
म अनि तिमी !
अस्थिरपन
पिंध बिनाको लाेटा
ढुल्मुले नीति !
लगनगाँठाे
नवजीवन सुरु
सृष्टि प्रारम्भ ।
बगैँचा भरी
सुवास छर्ने फूल,
दाेषी भंवरा ?
अंधेरी रात ?
तिमी अाउन मात्रै
बत्ती चाहिन्न !
संगीत किन ?
छन्छन बजे पुग्छ
हातका चुरा !
म प्यासी नदी
तिमी शान्त सागर
अाऊ हराअाैं !
अापसी प्रेम
प्रेममा समर्पण
यै हाे जीवन !
म दीर्घ राेगी
तिमी अाैषधी मेराे
बानी नै पर्याे !
न्यायकाे घर
भागबन्डाको छायाँ
ग्रहण लाग्दै !
स्वांट्ट र फुर्र
धुम्रपानकाे नशा
हुन्छ दुर्दशा
तिम्रो अाँखामा
भएकाे जस्तो नशा
रक्सीमा कहाँ
वाह रे 'धन'
छुट्दैन रै'छ माेह
न भै 'निधन' !
राेएन भन्छन्
मूल नै सुकेपछि
झर्छ र अाँसु ?
बोक्सी नाममा
क्रूरतापूर्ण हिंसा
खै मानवता ?
निरीहहरु
बर्बरता सहंदै
समाज मौन ।
नेता बोल्दैनन्
राज्य संयन्त्र चुप
कहाँ छ न्याय ?
अाइछाै तिमी
तरङ्गित भाे मन
संगीत बज्यो
अाँखाकाे भाषा
अाँखैले बुझ्नुपर्छ
तब पाे मजा !
बाँधेर घडी
राेकिन्छ र समय ?
त्यस्तै जीवन !
मान्छेको जात
पलपलमा घात
कस्तो कुजात !
याे अाँखा पनि
चेरापुञ्जी भएछ
संधै बर्षिन्छ !
नशालु अाँखा
मदिरामय अाेठ
अधिर मन !
तुलना हुन्छ,
पूर्णचन्द्र र तिम्रो ?
तिमी नै राम्री !
बाेल्न नजान्दा,
मुक भाषा सहजै
बुझ्थिन अामा !
बाेल्न जानियाे,
बाेलेका कुराहरु
बुझ्दैनन् काेहि !
याे अाँसु पनि
कति धेरै पातलाे ?
राेक्दै राेकिन्न !
पर्याप्त हुन्छ
तिम्रो मीठो मुस्कान,
थकान भुल्न !
वाह, डाक्टर !
दायाँ गाेडामा राेग,
चिरेछाै बायाँ !!
याे तिम्रो साथ
या माैसमकाे मात ?
नशा चढेछ !
उद्देश्य याैटै,
तैपनि मारामार
कुर्सीका लागि !
चाकडी चुक्ली,
प्रभावकारी सूत्र
'प्रगति' गर्ने !
पुराना याद
छछल्किन्छन् अाँखामा
अाँसु बनेर !
छुरी चाहिन्न,
मात्रै अाँखा झिम्काऊ
ठहरै हुन्छु !
तिम्रा नयन
धारिलो तरबार
घायल भएँ !
हाम्रो 'एकता'
ए, 'कता' त हुँदैन ?
चाँडै नै मिलाै !
'जाेगीका कान
हुन्छन् रे चिरिएका'
नहाेस् है अब !
किन हो किन,
मान्छेले मान्छेलाई
मान्छे गन्दैन ?
ति केशहरु
मुहारमा फैलंदा
'चन्द्र' लुक्दछ !
बाँडेर खाऊ
अालाेपालाे चलाऊ
सत्ताकाे खेल !
समय संग
'हात' नभएपनि
झापड हान्छ !
सागर हैनन्
तिम्रा दुई नयन
तर म डुबें !
दर्केकाे झरी
थेगिएन छाताले
दुवै निथ्रुक्कै !
चाँदनी रात
तिमीसंगकाे साथ
छर्लङ्गै रात !
ति अधर हुन्
या मदिराकाे प्याला ?
छुंदै मात्तिएं !
मृगनयनी,
त्यसै राम्रा छन् अाँखा
गाजल किन ?
बिकाउ 'न्याय'
बिक्रीमा 'न्यायमूर्ति'
मूल्य लगाऊ !
प्रदेश हाम्रा
नबनुन् परदेश
गराैं कामना !
सत्य बाेलेमा
जिब्रो थुतिन्छ यहाँ
माैन नै बेस !
सृष्टि रक्षार्थ
पिएर कालकूट
लडे शिवजी !
खुकुरी चाेट
अचानाेकाे भाेगाइ
बुझ्दैनन् काेहि !
ठूला बडाका
कुकुरै पनि ठुलो
यस्तै देखियो !
पीडित रोयो
शायद न्याय बिक्यो
पीडक छुटे !
कुर्दै कुर्दैन
माैका र उमेरले
चेतना भया !
नेताको बोली
सुशासनको रट
अवैध धन !
नेताका बाेली
कुकुरको पुच्छर
साेझाे हुँदैन
नाम बुद्ध रे
दैनिक पाँच खसी
काटेर बेच्छ !
जे कुरा पनि
आफ्नाले गरे राम्रो
दास प्रवृत्ति !
चाकडी चुक्ली
झोले मानसिकता
सुध्रिने कैले
सबै जाेगीका
चिरिएकै छ कान
ब्यर्थकाे अाशा !
काेहि दलिने
काेहि संधै गफिने
यस्तै छ यहाँ
सुत्दा स्वदेशी
उठ्दा अर्कै राष्ट्रको
देश साटियो !
जंगे पिलर
उठेर दौडिएछ
सिमा मिचियो !
माटो लुटियो
सरकार मौन छ
बिचरा हामी !
पखाला लाग्याे
केही कराेड स्वाहा
देश लुटियाे ।
प्रहरी भ्यान
एम्वुलेन्सको यात्रा
शव बाहन ।
मुसुक्क हाँसिन्
माहिर भयाे मान्छे
हार्याे छेपाराे
बुझ्दैन पीडा
अचानाेकाे खुकुरी
अाफन्त जस्तै
व्याकुल मन
नदी तट नियाल्दै
प्रेम प्रतिक्षा
जति नुहाअाेस्
गधा हुन्छ र गाई
बुझ न भाई
माने ईश्वर
नमाने मात्र ढुङ्गा
अाफ्नाे बिश्वास
सर्प झैँ भए
हिजोआज मानिस
दुईटा जिब्रो
काेपिला झर्यो
फक्रन नपाउँदै
पापी भँवरा
दाेषी रे फूल
सम्मानित भँवरा
हाम्रो समाज
भुत्ते खुकुरी
काट्न सक्दैन केहि
तैपनि फूर्ति
अा-अाफ्नाे काम
काेहि पनि नजान्ने
अरूकै जान्ने !!
मुठी राेपेर
फलाउनु छ मानाे
असारे पर्व
लौ लुट्नु लुट
बिर्ता भो देश तिम्रै
निरिह हामी
कुकुर दाेश्राे
कार्यकर्ता प्रथम
'बफादारी' मा !!!
निन्द्रा नलागे
प्यूरीकाे डस्ना पनि
के काम लाग्छ ?
रस सम्भाल
भंवराकाे के भर
चुस्छ हिंडछ
बाेलीकाे राप
मन-मुटु खरानी
चिसाे सम्बन्ध
नाम त्रिनेत्र
जन्मै दृष्टिविहीन
के छ नाममा ?
मीठो बाेल्दैमा
के जान्छ र हजुर
तुच्छता किन !
निश्चल देह
चितारुपी बिछ्याैना
धुवाँकाे मुस्लो
सह-अस्थित्व
समर्पण र प्यार
जीवनाधार
घडीको सूई
जति घुमेनी उही
तेह्र बज्दैन
नशालु अाँखा
मादक अाेठहरु
फिर्याे जवानी
ती तृणकुटी
उनको साथ हुँदा
लाग्छ महल
उनका अश्रु
पाेल्छ मेराे हृदय
तेजाव सरी
रक्सीको ज्ञान
हिन्दु मुसलमान
सबै समान
कहिले चाट्ने
कहिले घाँटी काट्ने
कस्तो चरित्र
मै मात्र ठूलाे
अरु सबै कमिलाे
वाह ! घमण्ड
कसार जस्तै
न गुदि न त बाेक्रा
सर्वाङ्ग उस्तै
तेरो र मेरो
ब्यर्थ छ चुरिफुरी
के छ र लानु
शंका नै शंका
एउटा संग बाेल्याे
अर्काे चैं ठुस्स
दही चिउरे
याैटाकाे खायाे नुन
अर्कैकाे गुन
कलिकाे मान
सजिलो चीयापान
सबैका लागि !
अावश्यकता
सकिन्छ पुरा गर्न
तृष्णा सकिन्न
उदास अाँखा
बिछाेडिनुकाे पीडा
बेचैन मन
उनको माया
भीरमाैरीकाे मह
पाउनै गाह्राे
सबै घरमा
देवता नपुगेरै,
अामा पठाए
अाँखाकाे बाटो
मुटुभित्र पस्छेउ
थाहै नदिई !
कलुष मन
ब्यक्त शुभेच्छाहरु
हाेला सार्थक ?
एक्लो दाउरा
दन्किन्छ र कसरी
साथ चाहिन्छ !
बाँच बचाऊ
हांस अनि हंसाऊ
के छ र लानु ?
रक्सीकाे प्याला
माैसमी मादकता
साथमा तिमी
देश बेहाल
नेताजी माला-माल
यस्तै छ चाल
खादा र माला
के हाे नेताजी चाला
लाज लाग्दैन ?
बिर्को खुल्दैमा
मातिइसक्याे मन
बाँकी छ प्यूनै
अाएरै छाड्ने
अाएपछि नजाने
बुढ्याैलीपन
अपूर्ण ईच्छा
ती जिजीविषाहरु
बिचरा मान्छे !
अधरामृत
खाेयाबिर्के झैँ कडा
पियाे मात्तियाे !
समय अघि
भाग्यभन्दा अघिक
केही पाईन्न !
सुख र दुःख
कुमाले चक्रजस्ता
अाउँछन् जान्छन् ।
खेर नफालाैं
अमृत हाे जीवन
गराैं सत्कर्म !
कपाल भन्दा
साेह्रबर्षले कान्छाे
जुङ्गा फूलेछ !
हुंदाे हाे यदि
मृत्युको पूर्वाभाष,
के गर्थ्याे मान्छे !
बर्षाैं पछाडि
अनायास भेटियाैं
याद बल्झियाे
चाेट तिमीमा
अनुभूति मलाई
याे के भएकाे
ज्ञानकाे अहं
पद-पैसाको दम्भ
क्षणिक मात्रै
मुर्खमा अर्ती
भालुलाई पुराण
कामै लाग्दैन
मानिस धनी
धन भन्दा मनले
शास्त्रले भन्छ
के हाे जीवन
पानीको फाेकाजस्तै
क्षणमै फुट्छ !
अन्तिम यात्रा
मलामीहरु सङ्ग
अार्यघाटमा !
किन्ने लाउन्न
लाउनेले किन्दैन
अन्तिम बस्त्र !
बाेझिल अाँखा
थर्थराएका अाेठ
प्रेम प्रतीक्षा !
न प्रदर्शन
न दर्शन अपराध,
सक्दाे देखाऊ !
भान्छा र भाेक
मधुशाला र प्यास
म अनि तिमी !
अस्थिरपन
पिंध बिनाको लाेटा
ढुल्मुले नीति !
लगनगाँठाे
नवजीवन सुरु
सृष्टि प्रारम्भ ।
बगैँचा भरी
सुवास छर्ने फूल,
दाेषी भंवरा ?
अंधेरी रात ?
तिमी अाउन मात्रै
बत्ती चाहिन्न !
संगीत किन ?
छन्छन बजे पुग्छ
हातका चुरा !
म प्यासी नदी
तिमी शान्त सागर
अाऊ हराअाैं !
अापसी प्रेम
प्रेममा समर्पण
यै हाे जीवन !
म दीर्घ राेगी
तिमी अाैषधी मेराे
बानी नै पर्याे !
न्यायकाे घर
भागबन्डाको छायाँ
ग्रहण लाग्दै !
स्वांट्ट र फुर्र
धुम्रपानकाे नशा
हुन्छ दुर्दशा
तिम्रो अाँखामा
भएकाे जस्तो नशा
रक्सीमा कहाँ
वाह रे 'धन'
छुट्दैन रै'छ माेह
न भै 'निधन' !
राेएन भन्छन्
मूल नै सुकेपछि
झर्छ र अाँसु ?
बोक्सी नाममा
क्रूरतापूर्ण हिंसा
खै मानवता ?
निरीहहरु
बर्बरता सहंदै
समाज मौन ।
नेता बोल्दैनन्
राज्य संयन्त्र चुप
कहाँ छ न्याय ?
अाइछाै तिमी
तरङ्गित भाे मन
संगीत बज्यो
अाँखाकाे भाषा
अाँखैले बुझ्नुपर्छ
तब पाे मजा !
बाँधेर घडी
राेकिन्छ र समय ?
त्यस्तै जीवन !
मान्छेको जात
पलपलमा घात
कस्तो कुजात !
याे अाँखा पनि
चेरापुञ्जी भएछ
संधै बर्षिन्छ !
नशालु अाँखा
मदिरामय अाेठ
अधिर मन !
तुलना हुन्छ,
पूर्णचन्द्र र तिम्रो ?
तिमी नै राम्री !
बाेल्न नजान्दा,
मुक भाषा सहजै
बुझ्थिन अामा !
बाेल्न जानियाे,
बाेलेका कुराहरु
बुझ्दैनन् काेहि !
याे अाँसु पनि
कति धेरै पातलाे ?
राेक्दै राेकिन्न !
पर्याप्त हुन्छ
तिम्रो मीठो मुस्कान,
थकान भुल्न !
वाह, डाक्टर !
दायाँ गाेडामा राेग,
चिरेछाै बायाँ !!
याे तिम्रो साथ
या माैसमकाे मात ?
नशा चढेछ !
उद्देश्य याैटै,
तैपनि मारामार
कुर्सीका लागि !
चाकडी चुक्ली,
प्रभावकारी सूत्र
'प्रगति' गर्ने !
पुराना याद
छछल्किन्छन् अाँखामा
अाँसु बनेर !
छुरी चाहिन्न,
मात्रै अाँखा झिम्काऊ
ठहरै हुन्छु !
तिम्रा नयन
धारिलो तरबार
घायल भएँ !
हाम्रो 'एकता'
ए, 'कता' त हुँदैन ?
चाँडै नै मिलाै !
'जाेगीका कान
हुन्छन् रे चिरिएका'
नहाेस् है अब !
किन हो किन,
मान्छेले मान्छेलाई
मान्छे गन्दैन ?
ति केशहरु
मुहारमा फैलंदा
'चन्द्र' लुक्दछ !
बाँडेर खाऊ
अालाेपालाे चलाऊ
सत्ताकाे खेल !
समय संग
'हात' नभएपनि
झापड हान्छ !
सागर हैनन्
तिम्रा दुई नयन
तर म डुबें !
दर्केकाे झरी
थेगिएन छाताले
दुवै निथ्रुक्कै !
चाँदनी रात
तिमीसंगकाे साथ
छर्लङ्गै रात !
ति अधर हुन्
या मदिराकाे प्याला ?
छुंदै मात्तिएं !
मृगनयनी,
त्यसै राम्रा छन् अाँखा
गाजल किन ?
बिकाउ 'न्याय'
बिक्रीमा 'न्यायमूर्ति'
मूल्य लगाऊ !
प्रदेश हाम्रा
नबनुन् परदेश
गराैं कामना !
सत्य बाेलेमा
जिब्रो थुतिन्छ यहाँ
माैन नै बेस !
सृष्टि रक्षार्थ
पिएर कालकूट
लडे शिवजी !
खुकुरी चाेट
अचानाेकाे भाेगाइ
बुझ्दैनन् काेहि !
ठूला बडाका
कुकुरै पनि ठुलो
यस्तै देखियो !
पीडित रोयो
शायद न्याय बिक्यो
पीडक छुटे !
कुर्दै कुर्दैन
माैका र उमेरले
चेतना भया !
नेताको बोली
सुशासनको रट
अवैध धन !
नेताका बाेली
कुकुरको पुच्छर
साेझाे हुँदैन
नाम बुद्ध रे
दैनिक पाँच खसी
काटेर बेच्छ !
जे कुरा पनि
आफ्नाले गरे राम्रो
दास प्रवृत्ति !
चाकडी चुक्ली
झोले मानसिकता
सुध्रिने कैले
सबै जाेगीका
चिरिएकै छ कान
ब्यर्थकाे अाशा !
काेहि दलिने
काेहि संधै गफिने
यस्तै छ यहाँ
सुत्दा स्वदेशी
उठ्दा अर्कै राष्ट्रको
देश साटियो !
जंगे पिलर
उठेर दौडिएछ
सिमा मिचियो !
माटो लुटियो
सरकार मौन छ
बिचरा हामी !
पखाला लाग्याे
केही कराेड स्वाहा
देश लुटियाे ।
प्रहरी भ्यान
एम्वुलेन्सको यात्रा
शव बाहन ।
मुसुक्क हाँसिन्
छियाछिया भाे मुटु
बाँच्नै कठिन !
बन्दैछ देश
बृद्ध संग्रहालय
युवा बिदेश
रुंदैछ अाँखा
चाेट देखिन्न कतै
मुटु पग्लेछ !
सबै मपाँई
कस्ले भन्ने तपाँईं
हाम्रो समाज
एउटा गए
अनेक राजा भए
लुटियाे देश
शून्यता बाेल्छ
कानले सुनिदैन
मनले सुनाै
सर्वत्र पैसा
हरायो मानवता
स्वार्थी मनुष्य !
उसले भन्याे -
जान्छु ल, खै हाँसेकी
उ त झन् राेई !
सिनाे बिक्दछ
ज्यूंदाकाे माेल छैन
मेराे सहर !
सुखमा हाई
दु:खमा बाईबाई
यस्तै छ मान्छे
राजसी ठाँट
विकृत राजनीति
धिक्कार नेता !
चिसियाे मन
कठ्याङ्ग्रीए सम्बन्ध
माैसम जस्तै
चीताकाे यात्रा
चारजनाको काँध
पूर्णविराम
घाइते भयाे
अचानाे झैं जिन्दगी
खै कस्ले बुझ्ने
अाँसुले पनि
फेर्दाे रहेछ रङ्ग
रक्त मिश्रीत
बाेलेका कुरा
कानमा पुग्दा-पुग्दै
पुरै फेरियो
शब्दमा हैन
साेचमा हुनुपर्छ
बुद्धि-विवेक
कर्के नजर
घाइते पार्न काफी
छुरा चाहिन्न
सिनाे झैं नेता
राजनीति टुकुचा
संधै दुर्गन्ध !
घाइते उनी
दुखाइ याे मुटुमा
त्याे चाेट कस्ताे
न मेट्छ तिर्खा
झर्छ झरना सरि
कठै याे अाँसु !
खै के काे कुण्ठा
ती मनमा गुम्सिए
गाह्रो भाे बुझ्नै !
गलत काम
गलतै भन्दा हुन्न ?
किन ढाक्छाेप !
थुनियाे बाेली
पचेन अालाेचना
सत्ताकाे मात
सल्कियाे चिता
रंगमङ्गियाे धुवाँ
अाकाश ढाक्दै
स्तुति-गमक्क
अालाेचना-झनक्क
नेता चरित्र
देख्छन् कसरी
श्यामश्वेत यी अाँखा
रंगिन स्वप्न
नपयाैवना
मदमत्त प्रकृति
बसन्त ऋतु
सन्त्रास अाँखा
दानवरुपी मान्छे
खै मानवता ?
अाँखाकाे दह
टिलपिल छन् अाँसु
राेक्छ परेली
लुक्याे चन्द्रमा
निष्पट्ट कालाे नभ
अाैंशीकाे रात
पद-पावर
घमण्ड-माेजमस्ती
नेता चरित्र
अाैसरवाद
लज्जा बिहिन नेता
छि: राजनीति
हेर्न नजान्ने
घडीको सुई उल्टाे !
नाटक किन ?
गर्ने छाेड्दैन
पाउने 'छाेड्' भन्दैन
स्तुति-चाकडी
हिजडा नेता
लथालिङ्ग छ देश
सती श्रापित
स्वार्थी जमात
अाशामुखी प्रवृत्ति
झर्ला खाउँला
हातका चुरा
छन-छन अावाज
व्याकुल मन
माैलायाे स्वार्थ
हरायो मानवता
ढुंगा'भाे मान्छे
हाइकू
पुरुष-नारी
एउटा घृतकुम्भ
अर्को दावाग्नी
किन हाे किन
उड्न खाेज्दैछ मन
चङ्गा बनेर
क्रुद्ध प्रकृति
हावा-हुरी-हुण्डरी
महाविनाश
उ भन्दा राम्रो
मान्छेले बुन्याे जाल
कठै ! माकुरो
फेर्याैं ब्यवस्था
फेरिएन अवस्था
उस्तै छ देश
जहाँ बसेर
एक बथान भेडा
पिट्छन ताली !
विवेकहीन
नितान्त भेडीगाेठ,
हाम्रो संसद !
दृष्टि हाेईन
चाहिन्छ दृष्टिकोण
मानिस बुझ्न !
यै छ चाहना
सबै सुखी रहुन
शुभकामना
टुक्रियाे मन
छछल्किए यी अाँखा
माैन रुवाई
अामा, अामै हुन्
सुरक्षित छहारी
सबैका लागि !
बगैंचा बीच
अागमन उनको,
लजायाे फूल
चाहिन्छ मन
उमेरको के कुरा
माया साट्न
जुन उदायाे
उज्यालियाे धरती,
घुम्टो उघार्दै
छ संधैभरी
हाँडिगाउँकाे जात्रा,
कठै याे देश !!!
मन मात्तीन
यी मादक मुस्कान
छैनन् र काफी ?
ढुङ्ग्राेमा राखि
कुकुरको पुच्छर
हुन्छ र साेझाे ?
मितब्ययीता
आजभाेलीका नारी
अर्धाङ्ग खाली
हटेन प्रथा
उदाए नवराजा
वाह ! चाकडी
जति पकाउ
बाक्लो हुँदैन पानी,
सुध्रन्न बानी
बाँच्नै कठिन
बग्रेल्ती छन गिद्ध
बिचरी चरी
प्रेमका भाव
झार्दछ जुन-तारा
अमूर्त मन
भुसकाे अागाे
सुषुप्त अग्नीज्वाला
सखाप बस्ती !
पिंध तात्दैन,
बिंड मात्रै तातेर-
केही पाक्दैन !
माैन अाकाश
रून्छ प्रत्येक रात,
धर्तीमा शीत
लासकाे खेती
मल-बिउ रगत,
के हाेला फल्ने ?
प्रेमाकर्षण
उर्लियाे ज्वारभाटा
छुन चन्द्रमा ।
सत्ताकाे मात
बिर्से अाफ्नाे अाैकात
के लान्छन् मर्दा !
के छ र अर्थ
'काेरा' वा 'मखमल'
लासकाे माथि !
प्रेम उत्कर्ष
पुष्षकाे चक्रव्यूह
बिचराे भृङ्ग
चर्कियाे मन
फुटेन अश्रुधार
माैन रुवाई
कठिन श्रम
ठेला उठेका हात
पेटकाे अागाे !
बिष्णु स्वरूप
शालिग्राम भण्डार
कालीगण्डकी
बजे पाउजु
खनखनाए चुरा
उनी अाइन ।
काट्ने बगरे
बदनाम खुकुरी
अचानाे पीडा !
क्रुर मानव
अभिशाप साैन्दर्य
बन्दी जीवन
लाग्छ र केही ?
बगरेका सामुन्ने
बाेकाले रुँदा !!!
चन्द्र लजायाे,
जब सुस्तरी तिमी
बाहिर अायाै
हाइकू
बिष्णु स्वरूप
शालिग्राम भण्डार
कालीगण्डकी
छिर्लिङ्ग चुरा
छमछम पाउजु
मात्तियाे मन
भेट्नै मुस्किल
एकमुखे मानिस
रुद्राक्ष जस्तै !
म "जनैजाति"
जन्मजात सामन्ती
मेराे चिनारी !!!
फलामे च्यूरा
पच्दाे रहेछ बरु,
सत्य नपच्ने !
अशक्त काया
छुट्दैन माेह-माया,
ब्यर्थकाे चिन्ता !
जीवन चक्र
भ्रुण-बालक-बृद्ध
मसानघाट
गुदी विहीन
सुन्दर अावरण
बेलुन सरि
नहुने मेल
संधै नै जालझेल
कुर्सीकाे खेल
हाताेकाे भर
जता डाेर्यायाे त्यतै
बिचरा जाँताे
वचन बाण
रक्तरञ्जित मुटु
अव्यक्त पीडा
सकिन्न गर्न
चरित्रको बयान
चित्र हेरेर
माैन अधर
रसिला अाँखाहरु
विवश मन
अाकासे छानाे
भाेका उदरहरु
चिसा अगेना
मायाको भ्रम
संकटमा जीवन
ब्वाँसाे कन्याई
प्रयाेग हुन्छन्
मात्र अरुका लागि
खुड्किलाहरु
हावाको झाेका
छिन्नभिन्न बादल
खुल्यो अाकाश
जीवन यात्रा
काँडाकाे बिगबिगी
कठिन बाटाे
हुन्छन् रे अाधा
श्रीकृष्ण राधा बिना,
तिमी हाै राधा
कटु बचन
निरस ब्यवहार
मनमा ज्वाला
वनमा अागाे
जल्दैछ मन पनि
ज्वाला अाेकल्दै
गाेधूली सांझ
शान्त महासागर
कठिन यात्रा
चिसाे माैसम
तात्ताताे चिया-कफी
बस् तिम्रै कमी ।
अाेसिलाे रात
एक्लाेपनकाे पीडा
व्याकुल मन
दुर क्षितिज
सिमाहीन पर्खाइ
रित्तियाे अाँसु
चिर्छ अँध्यारो
केवल याैटै दीयाे
अाफू बलेर
मात्तियाे गधा
धाेवीले नकुटेर
जाग जनता !
घिस्रंदाे तन
छाेड्ने देखिन्न मन
'जनैकाे साँचो'
बन्दैछ देश
बृद्ध संग्रहालय
युवा बिदेश
रुंदैछ अाँखा
चाेट देखिन्न कतै
मुटु पग्लेछ !
सबै मपाँई
कस्ले भन्ने तपाँईं
हाम्रो समाज
एउटा गए
अनेक राजा भए
लुटियाे देश
शून्यता बाेल्छ
कानले सुनिदैन
मनले सुनाै
सर्वत्र पैसा
हरायो मानवता
स्वार्थी मनुष्य !
उसले भन्याे -
जान्छु ल, खै हाँसेकी
उ त झन् राेई !
सिनाे बिक्दछ
ज्यूंदाकाे माेल छैन
मेराे सहर !
सुखमा हाई
दु:खमा बाईबाई
यस्तै छ मान्छे
राजसी ठाँट
विकृत राजनीति
धिक्कार नेता !
चिसियाे मन
कठ्याङ्ग्रीए सम्बन्ध
माैसम जस्तै
चीताकाे यात्रा
चारजनाको काँध
पूर्णविराम
घाइते भयाे
अचानाे झैं जिन्दगी
खै कस्ले बुझ्ने
अाँसुले पनि
फेर्दाे रहेछ रङ्ग
रक्त मिश्रीत
बाेलेका कुरा
कानमा पुग्दा-पुग्दै
पुरै फेरियो
शब्दमा हैन
साेचमा हुनुपर्छ
बुद्धि-विवेक
कर्के नजर
घाइते पार्न काफी
छुरा चाहिन्न
सिनाे झैं नेता
राजनीति टुकुचा
संधै दुर्गन्ध !
घाइते उनी
दुखाइ याे मुटुमा
त्याे चाेट कस्ताे
न मेट्छ तिर्खा
झर्छ झरना सरि
कठै याे अाँसु !
खै के काे कुण्ठा
ती मनमा गुम्सिए
गाह्रो भाे बुझ्नै !
गलत काम
गलतै भन्दा हुन्न ?
किन ढाक्छाेप !
थुनियाे बाेली
पचेन अालाेचना
सत्ताकाे मात
सल्कियाे चिता
रंगमङ्गियाे धुवाँ
अाकाश ढाक्दै
स्तुति-गमक्क
अालाेचना-झनक्क
नेता चरित्र
देख्छन् कसरी
श्यामश्वेत यी अाँखा
रंगिन स्वप्न
नपयाैवना
मदमत्त प्रकृति
बसन्त ऋतु
सन्त्रास अाँखा
दानवरुपी मान्छे
खै मानवता ?
अाँखाकाे दह
टिलपिल छन् अाँसु
राेक्छ परेली
लुक्याे चन्द्रमा
निष्पट्ट कालाे नभ
अाैंशीकाे रात
पद-पावर
घमण्ड-माेजमस्ती
नेता चरित्र
अाैसरवाद
लज्जा बिहिन नेता
छि: राजनीति
हेर्न नजान्ने
घडीको सुई उल्टाे !
नाटक किन ?
गर्ने छाेड्दैन
पाउने 'छाेड्' भन्दैन
स्तुति-चाकडी
हिजडा नेता
लथालिङ्ग छ देश
सती श्रापित
स्वार्थी जमात
अाशामुखी प्रवृत्ति
झर्ला खाउँला
हातका चुरा
छन-छन अावाज
व्याकुल मन
माैलायाे स्वार्थ
हरायो मानवता
ढुंगा'भाे मान्छे
हाइकू
पुरुष-नारी
एउटा घृतकुम्भ
अर्को दावाग्नी
किन हाे किन
उड्न खाेज्दैछ मन
चङ्गा बनेर
क्रुद्ध प्रकृति
हावा-हुरी-हुण्डरी
महाविनाश
उ भन्दा राम्रो
मान्छेले बुन्याे जाल
कठै ! माकुरो
फेर्याैं ब्यवस्था
फेरिएन अवस्था
उस्तै छ देश
जहाँ बसेर
एक बथान भेडा
पिट्छन ताली !
विवेकहीन
नितान्त भेडीगाेठ,
हाम्रो संसद !
दृष्टि हाेईन
चाहिन्छ दृष्टिकोण
मानिस बुझ्न !
यै छ चाहना
सबै सुखी रहुन
शुभकामना
टुक्रियाे मन
छछल्किए यी अाँखा
माैन रुवाई
अामा, अामै हुन्
सुरक्षित छहारी
सबैका लागि !
बगैंचा बीच
अागमन उनको,
लजायाे फूल
चाहिन्छ मन
उमेरको के कुरा
माया साट्न
जुन उदायाे
उज्यालियाे धरती,
घुम्टो उघार्दै
छ संधैभरी
हाँडिगाउँकाे जात्रा,
कठै याे देश !!!
मन मात्तीन
यी मादक मुस्कान
छैनन् र काफी ?
ढुङ्ग्राेमा राखि
कुकुरको पुच्छर
हुन्छ र साेझाे ?
मितब्ययीता
आजभाेलीका नारी
अर्धाङ्ग खाली
हटेन प्रथा
उदाए नवराजा
वाह ! चाकडी
जति पकाउ
बाक्लो हुँदैन पानी,
सुध्रन्न बानी
बाँच्नै कठिन
बग्रेल्ती छन गिद्ध
बिचरी चरी
प्रेमका भाव
झार्दछ जुन-तारा
अमूर्त मन
भुसकाे अागाे
सुषुप्त अग्नीज्वाला
सखाप बस्ती !
पिंध तात्दैन,
बिंड मात्रै तातेर-
केही पाक्दैन !
माैन अाकाश
रून्छ प्रत्येक रात,
धर्तीमा शीत
लासकाे खेती
मल-बिउ रगत,
के हाेला फल्ने ?
प्रेमाकर्षण
उर्लियाे ज्वारभाटा
छुन चन्द्रमा ।
सत्ताकाे मात
बिर्से अाफ्नाे अाैकात
के लान्छन् मर्दा !
के छ र अर्थ
'काेरा' वा 'मखमल'
लासकाे माथि !
प्रेम उत्कर्ष
पुष्षकाे चक्रव्यूह
बिचराे भृङ्ग
चर्कियाे मन
फुटेन अश्रुधार
माैन रुवाई
कठिन श्रम
ठेला उठेका हात
पेटकाे अागाे !
बिष्णु स्वरूप
शालिग्राम भण्डार
कालीगण्डकी
बजे पाउजु
खनखनाए चुरा
उनी अाइन ।
काट्ने बगरे
बदनाम खुकुरी
अचानाे पीडा !
क्रुर मानव
अभिशाप साैन्दर्य
बन्दी जीवन
लाग्छ र केही ?
बगरेका सामुन्ने
बाेकाले रुँदा !!!
चन्द्र लजायाे,
जब सुस्तरी तिमी
बाहिर अायाै
हाइकू
बिष्णु स्वरूप
शालिग्राम भण्डार
कालीगण्डकी
छिर्लिङ्ग चुरा
छमछम पाउजु
मात्तियाे मन
भेट्नै मुस्किल
एकमुखे मानिस
रुद्राक्ष जस्तै !
म "जनैजाति"
जन्मजात सामन्ती
मेराे चिनारी !!!
फलामे च्यूरा
पच्दाे रहेछ बरु,
सत्य नपच्ने !
अशक्त काया
छुट्दैन माेह-माया,
ब्यर्थकाे चिन्ता !
जीवन चक्र
भ्रुण-बालक-बृद्ध
मसानघाट
गुदी विहीन
सुन्दर अावरण
बेलुन सरि
नहुने मेल
संधै नै जालझेल
कुर्सीकाे खेल
हाताेकाे भर
जता डाेर्यायाे त्यतै
बिचरा जाँताे
वचन बाण
रक्तरञ्जित मुटु
अव्यक्त पीडा
सकिन्न गर्न
चरित्रको बयान
चित्र हेरेर
माैन अधर
रसिला अाँखाहरु
विवश मन
अाकासे छानाे
भाेका उदरहरु
चिसा अगेना
मायाको भ्रम
संकटमा जीवन
ब्वाँसाे कन्याई
प्रयाेग हुन्छन्
मात्र अरुका लागि
खुड्किलाहरु
हावाको झाेका
छिन्नभिन्न बादल
खुल्यो अाकाश
जीवन यात्रा
काँडाकाे बिगबिगी
कठिन बाटाे
हुन्छन् रे अाधा
श्रीकृष्ण राधा बिना,
तिमी हाै राधा
कटु बचन
निरस ब्यवहार
मनमा ज्वाला
वनमा अागाे
जल्दैछ मन पनि
ज्वाला अाेकल्दै
गाेधूली सांझ
शान्त महासागर
कठिन यात्रा
चिसाे माैसम
तात्ताताे चिया-कफी
बस् तिम्रै कमी ।
अाेसिलाे रात
एक्लाेपनकाे पीडा
व्याकुल मन
दुर क्षितिज
सिमाहीन पर्खाइ
रित्तियाे अाँसु
चिर्छ अँध्यारो
केवल याैटै दीयाे
अाफू बलेर
मात्तियाे गधा
धाेवीले नकुटेर
जाग जनता !
घिस्रंदाे तन
छाेड्ने देखिन्न मन
'जनैकाे साँचो'
Comments
Post a Comment