गजल
बग्दैछ सपनाको महल, अभावका लहरले कसरी जोत्छ र बाँझो बारी, कमजोर बहरले । लुटिएर गाउँ फर्कंदैछु धरधरी रुँदै, अहिले आएको थिएँ अवसर खोज्दै, यहाँ म रहरले । रगत –पसिना बगाएकै हुँ, यही सहरमा मैले कहिल्यै आफ्नो ठानेन, मलाई यो सहरले । मिसावटको चलन, निकै नै बढिसकेछ यहाँ जति पिउँदा पनि मान्छे मर्न सकेन जहरले । जिन्दगीको प्रहारले चट्टान बन्यो यो मुटु दुख्दैन मन कुनै विघ्न बाधा र कहरले । °°°°°°°°°°° गाेरखापत्र/२०८०-१२-१७ शनिबार मा प्रकाशित