गजल


बग्दैछ  सपनाको  महल,  अभावका लहरले 
कसरी जोत्छ र बाँझो बारी, कमजोर बहरले  ।

लुटिएर  गाउँ फर्कंदैछु  धरधरी  रुँदै, अहिले
आएको थिएँ  अवसर खोज्दै, यहाँ म रहरले ।

रगत –पसिना  बगाएकै हुँ, यही सहरमा मैले  
कहिल्यै  आफ्नो  ठानेन,  मलाई यो   सहरले ।

मिसावटको  चलन, निकै नै  बढिसकेछ यहाँ 
जति  पिउँदा पनि  मान्छे मर्न सकेन जहरले ।

जिन्दगीको  प्रहारले  चट्टान  बन्यो  यो मुटु 
दुख्दैन  मन  कुनै   विघ्न बाधा र  कहरले  ।

 °°°°°°°°°°°
गाेरखापत्र/२०८०-१२-१७ शनिबार मा प्रकाशित 

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...