Posts

Showing posts from January 30, 2022

दुई लघुकथा:

१.  लघुकथा; #सन्देश                 ✍️ मुरारीराज मिश्र हरिप्रसाद गाउँका एक प्रतिष्ठित ब्यक्ति थिए । आज उनले गर्न लागेका एउटा अनाैठाे कामले समाजलाई तरङ्गित बनाएको थियोे । आफू मरेपछि आफ्नो आत्माले प्रयाेग गर्न पाउँछ भन्ने तर्क दिएर उनी कराेडाैं पर्ने आफ्नोे घरमा आगाे लगाउने तैयारी गर्दै थिए । याे कुरामा सबै गाउँलेले असहमति जनाए । छाेराहरु बिराेधमा उत्रिए । जलाउनु भन्दा बरु कसैलाई दान दिनु पाे महान काम हाे भन्नेमा सबैकाे मतैक्य देखियाे । तर उनी आफ्नोे निर्णयबाट नहटेपछि कसैकाे केही लागेन ।  उनले घरकाे चारैतिर मट्टीतेल छर्किए । सारा गाउँलेहरु स्तब्ध भएर समाजका प्रतिष्ठित ब्यक्तिकाे चर्तीकला हेर्दै थिए । उनले सलाई हातमा लिए । बाताबरण बाेझिलाे बन्याे । गाउँलेहरु कहिले घर र कहिले हरिप्रसादलाई हेर्दै थिए । अकस्मात् हरिप्रसादले सलाई मिल्काए र भीडलाई सम्वाेधन गर्दै ठूलाे स्वरमा भने - 'मलाई पागल ठान्नुभयाे हाेला तपाईंहरुले । मैले साँच्चैमा घर डढाउन खाेजेकाे हाेईन । बर्षाैं देखि समाजलाई बुझाउन खाेज्दा पनि नसकेकाे एउटा सन्देश मात्रै याे कार्य मार्फत तपाईंहरुलाई दिन खाेजेकाे हुँ । घरभन्दा कैयौं ग