दुई लघुकथा:
१.
लघुकथा;
#सन्देश
✍️ मुरारीराज मिश्र
हरिप्रसाद गाउँका एक प्रतिष्ठित ब्यक्ति थिए । आज उनले गर्न लागेका एउटा अनाैठाे कामले समाजलाई तरङ्गित बनाएको थियोे । आफू मरेपछि आफ्नो आत्माले प्रयाेग गर्न पाउँछ भन्ने तर्क दिएर उनी कराेडाैं पर्ने आफ्नोे घरमा आगाे लगाउने तैयारी गर्दै थिए । याे कुरामा सबै गाउँलेले असहमति जनाए । छाेराहरु बिराेधमा उत्रिए । जलाउनु भन्दा बरु कसैलाई दान दिनु पाे महान काम हाे भन्नेमा सबैकाे मतैक्य देखियाे । तर उनी आफ्नोे निर्णयबाट नहटेपछि कसैकाे केही लागेन ।
उनले घरकाे चारैतिर मट्टीतेल छर्किए । सारा गाउँलेहरु स्तब्ध भएर समाजका प्रतिष्ठित ब्यक्तिकाे चर्तीकला हेर्दै थिए । उनले सलाई हातमा लिए । बाताबरण बाेझिलाे बन्याे । गाउँलेहरु कहिले घर र कहिले हरिप्रसादलाई हेर्दै थिए ।
अकस्मात् हरिप्रसादले सलाई मिल्काए र भीडलाई सम्वाेधन गर्दै ठूलाे स्वरमा भने - 'मलाई पागल ठान्नुभयाे हाेला तपाईंहरुले । मैले साँच्चैमा घर डढाउन खाेजेकाे हाेईन । बर्षाैं देखि समाजलाई बुझाउन खाेज्दा पनि नसकेकाे एउटा सन्देश मात्रै याे कार्य मार्फत तपाईंहरुलाई दिन खाेजेकाे हुँ । घरभन्दा कैयौं गुना महंगा, पैसा तिरेर किन्न नसकिने #आँखा जस्ता हाम्रा महत्त्वपूर्ण अङ्ग हामी मरेपछि बेकारमा चितामा जल्दैछन् । यसरी डढाउनु भन्दा दान गर्ने हाे भने त मरेकाे एकजना ब्यक्तिका आँखाले दुईजना ज्यूंदा ब्यक्तिले संसार हेर्न पाउँछन् । आफू मरेपछि पनि संसार हेरिरहन पाईने याे दान पाे महादान हाेईन र ?
दायित्वमा प्रकाशित
****************************
२.
लघुकथा:
#अन्ध_समर्थक
✍️ मुरामि
रामबाट याैटा अनाैठाे निर्णय सार्वजनिक भयाे । सबैतिरबाट साे निर्णयकाे आलोचना हुन थाल्याे । निर्णयकाे बचाउमा अनेक (कु) तर्क सहित रामसेनाहरु तत्कालै मैदानमा उत्रिए ।
चाैतर्फी बिराेधपछि अर्कोदिन रामले साे निर्णय फिर्ता लिए। रामसेनाहरु फेरि आफ्ना (कु) तर्कद्वारा निर्णय फिर्ताको ओैचित्य पुष्टि गर्न थाले ।
(उमामहेश्वर मार्ग, कुमारीगाल, का.म.पा.-७, काठमाडौं)
Comments
Post a Comment