तिर्थ यात्रा: संस्मरण (गढीमाई देखि परशुराम कुण्ड सम्म)
✍ मुरारीराज मिश्र
छर छिमेक तथा ईष्टमित्रहरु संगको सरसल्लाहबाट तिर्थ यात्रा जाने कार्यक्रम तय भयो । यात्रा ब्यवस्थापकसंग बसेर यात्राको प्याकेज बन्यो हाम्रो यात्राको मुख्य गन्तव्य तथा उद्देश्य नेपालका प्रसिद्ध गढीमाई, छिन्नमस्ता भगवती, सानो पाथिभरा, जनकपुरधाम, दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर महादेव, अर्जुनधारा, सताक्षी धाम लगायत भारतका आसाम राज्यमा अवस्थित कामरुप कामाख्या मन्दिर, अरुणाञ्चल राज्यको परशुराम कुण्ड र सिक्किम स्थित सर्वेश्वरा धाम (नयाँ चारधाम) दर्शन गर्ने र बाटोमा पर्ने बिभिन्न देवस्थलको दर्शन एवम् पर्यटकीय स्थलहरुको अवलोकन गर्ने थियो। १३ दिने हाम्रो यात्रा प्याकेजमा बिहानको चिया, खाना र बेलुकीको खाना गरि दुई छाक खाना, बास र बसभाडा समावेश थियो भने, यी बाहेक साईट सिन गर्दा लाग्ने तथा अन्य खर्च भने आफैंले ब्यहोर्नु पर्थ्यो ।
फागुन ४ गते बिहान ६ बजे हामी १५ जना तिर्थयात्री, यात्रा ब्यवस्थापक टोली र चालक दलका ५ जना गरि जम्मा २० जना सवार बस तिर्थ यात्राको लागि काठमाडौंबाट प्रस्थान गर्यो । मौसम सफा भएतापनि चिसो भने हटिसकेको थिएन । यात्रा ब्यवस्थापक मोहनप्रसाद अधिकारीले हामी सबैलाई टोलीको पहिचान स्वरुप तिर्थ यात्रा अंकित टोपी प्रदान गर्नुभयो । साथै उहाँले यात्राको बेला अपनाउनु पर्ने सावधानी तथा यात्रा सम्बन्धि थप कुराहरु बारे जानकारी गराउनु भयो ।
हाम्रो पहिलो गन्तब्य वारा जिल्लाको कलैयामा अवस्थित तराई क्षेत्रको प्रसिद्ध शक्तिपीठ गढीमाईको मन्दिर थियो । बाटोमा चीयापान पश्चात् ईच्छाकामना मन्दिर कुरिनटारमा बिहानी खानाको लागि हाम्रो बस रोकियो । उपयुक्त स्थल हेरेर खाना पकाउने तरखर भयो । हामीले खाना पकाउन लाग्दा त्यहि स्थानमा भारतीय तिर्थयात्रीहरु पनि हामीले जस्तै खाना पकाउँदै थिए । खानपिन गरेर हामी प्रस्थान गर्यौं। हामीले पहिलो रात वीरगन्जको एक होटेलमा बितायौँ ।
दोश्रो दिनको हाम्रो यात्रा भोलिपल्ट बिहानै सुरु भयो । झिसमिसेमै गढीमाई मन्दिर पुग्यौं, नित्यपूजा हुंदै रहेछ, हेर्यौं । संसारकै सबैभन्दा धेरै बली चढाईने भनि प्रसिद्ध, नेपाल र भारतका लाखौं नागरिकका आस्थाकी प्रतिक देवी माता गढीमाईको दर्शन गर्यौं । तत्पश्चात् बाटोमा पर्ने स्थानहरुको अवलोकन गर्दै हामी जनकपुर धाम तिर लाग्यौं ।
ऐतिहासिक सहर जनकपुरमा जानकी मन्दिर, बिवाह मण्डप लगायतका अन्य केही मन्दिरहरुको दर्शन गरेर हामी धनुष मन्दिर तर्फ लाग्यौं । धनुष मन्दिरको दर्शन गर्ने क्रममा त्यहाँका पुजारीले यहाँको ऐेतिहासिक तथ्य र धार्मिक महत्वका बारेमा बताउनु भयो । सीता स्वयंवरको समयमा रामद्वारा भाँचिएको शिव धनुषको तीन टुक्रा भएको रहेछ । जसमध्ये एक टुक्रा स्वर्गमा, एक टुक्रा पातालमा गई बाँकी रहेको एक टुक्रा यहाँ स्थापना गरिएको रहेछ । यहाँ रहेको धनुषाकृति बढ्दै बढ्दै गएको भन्ने समेत उहाँको भनाइ थियो । यसै स्थानमा रहेको कुण्डमा जलको मात्रा भरि भए देशमा सहकाल आउने तथा जल घटेमा कुनै नराम्रा घटना हुने स्थानीयको बिश्वास रहेको बताउँदै उहाँले जनआन्दोलन, दरबार हत्याकाण्ड, भुकम्प जस्ता घटनाका समयमा पनि कुण्डमा जल सुकेको कुरा सुनाउनु भयो । अहिले पनि त्यहाँ जलको मात्रा निकै तल (हेर्दा नदेखिने) थियो ।
यसरी जनकपुर धामका विभिन्न मठमन्दिर र पोखरीहरुको दर्शन अवलोकन पश्चात् हामी धरान तर्फ लाग्यौं । हामी बिच बाटोमा पुग्नु केहि अघि मात्रै अन्तर्राष्ट्रिय मुस्लिम सम्मेलन सकिएको रहेछ । नेपाल र भारतका सहभागीहरुको सवारीको चापले करिव ४ घण्टा सडक जाम भयो । जाम छिचोलेर बास बस्ने धरानको एक होटेलमा पुग्दा रातको साँढे नौ बजेको थियो । हतार हतार खाना बनाइयो ।खाना खाएर हामीले धरानमा दोश्रो रात बितायौं ।
हाम्रो अबको गन्तव्य धरानकै विभिन्न मन्दिरहरु थिए । हामी बिहान बुढासुब्बा मन्दिर पुग्यौं । यहाँका मन्दिरका दर्शन सहित पुजारीसंग यस स्थानको महत्वका बारेमा बुझ्यौं । यहाँको विशेषता भनेको नै यस स्थानमा रहेका बाँसहरूमा टुप्पा नहुनु रहेछ । यसो हुनुमा बूढासुब्बाले गुलेलीले मट्याङ्ग्रा हानेर टुप्पा भाचिदिएको भन्ने मान्यता रहेछ । किराँत धर्मावलम्बीहरूका लागि महत्वपूर्ण मानिने बूढासुब्बा मन्दिर भित्र दुईवटा माटाका ढिस्काहरु छन् जसलाई बूढासुब्बाको समाधी स्थलको रूपमा पूजिने गरिन्छ ।
त्यसपछि पिण्डेश्वर बाबा धाम पुगेर महादेवको दर्शन गर्यौं । पौराणिक कालमा समुन्द्र मन्थन गर्दा निस्केको अमृत घडालाई दानवहरुबाट जोगाई यस स्थानमा ल्याएर अमृतपिण्ड शिवलिङ्गको स्थापना गरि राखिएको भनाई छ । श्रावण महिनामा चतराको कोशी नदीमा स्नान गरि त्यहाँको जल ल्याएर पिण्डेश्वरमा चढाउनेको भिड लाग्ने गर्दछ ।
त्यहाँबाट हामी सतीदेवीको दाँत पतन भएर उत्पत्ति भएको मानिने प्रसिद्ध शक्तिपीठ माता दन्तकाली भगवतीको मन्दिर पुग्यौं । नेपाल एकिकरण पूर्व बिजयपुर राज्यका सेन वंशी राजाहरुको ईष्ट देवीको रुपमा पूजित धरानको बिजयपुर डांडाको मध्य भागमा अवस्थित दन्तकाली भगवतीको नियमित पूजा हुंदै रहेछ, केहीबेर कुर्नु पर्यौं । त्यहाँ हामीले कालो दाँत आकृति सहितकी दन्तकाली माताको पूजाअर्चना र दर्शन गरि नेपालको पूर्वीभागमा रहेको जनकपुर पछिको प्रमुख तीर्थस्थलकाे रुपमा प्रसिद्ध सताक्षी धामतर्फ प्रस्थान गर्यौं ।
सतासीधाम क्षेत्र अत्यन्तै रमणीय रहेछ। यहाँ दिगम्बेश्वर महादेव, हनुमान, गायत्री आदि मन्दिर, जसमुनी आश्रम र गौशाला पनि रहेको छ । पौराणिककालमा पाँण्डवहरुले यही स्थानमा हतियार लुकाएर गुप्तवास बस्न गएका थिए भन्ने किम्बदन्ती रहेछ । मन्दिरबाट लगभग आधा घण्टा पैदल यात्रा पछि पुगिने सहस्र धारा भन्ने स्थानमा रहेको झरनामा युधिष्ठिरले सताक्षी देवीको पूजा आराधना गरी देवीको दर्शन पाएको स्थान भएको हुनाले यसलाई सताक्षी धाम भनिएको हो भन्ने भनाई समेत रहेको पाईन्छ । सहस्र धारामा नुहाउनाले पाप नाश हुने जनविश्वास रहेको छ । यस्तै, सताक्षी धामलाई हिमालय पर्वतकी छोरी पार्वतीले उनको विवाह भगवान विष्णुसँग गरिदिन लागेपछि भागेर लुकेको ठाउँ पनि भन्ने गरिंदो रहेछ । कुनै समय पृथ्वीमा सुक्खा लागेको बखत सतीदेवीले आफ्ना सयवटा आँखाबाट एकैपटक अश्रुवर्षा गरी खोलो बगाउदा तिनै देवीको नामबाट सताक्षी धाम भएको भन्ने पनि धार्मिक मान्यता रहेछ । यिनै जानकारी लिंदै हामीले आश्रममै खाना खायौं । गर्मिको समयमा खानासंगै खाईएको त्यहींका गाईहरुबाट उत्पादित मोही अमृतभन्दा कम्ती मीठो लागेन ।
अबको हाम्रो गन्तव्य भारतको आसाममा अवस्थित माता कामरुप कामाख्या देवीको मन्दिर थियो ।बोर्डरमा सामान्य कागजी कारबाहीपछि हामी सिलगुडी प्रवेश छिर्यौं । बाटोमा केहीबेर सिलगुडीमा रहेका आफन्तजनहरुसंग पनि रमाइलो भेट्घाट भयो । चियापान पश्चात् बाटाेका दृश्यहरु अवलोकन गर्दै हामी अघि बढ्यौं । रातीको बसाइ जलपाईगुडीको मालबजारस्थित होटेलमा भयो । भोलीपल्ट सबेरै त्यहाँबाट हामी कामरुप कामाख्या मन्दिर तर्फ लाग्यौं । बिहानको समय बाटो प्रायः सुनसान थियो । हामी अपरान्ह कामाख्या मन्दिर पुग्यौं । मन्दिरका पुजारीको गेष्टहाउसमा बसाइको ब्यवस्था थियो । त्यो दिन हामीले दर्शन, मन्दिर अवलोकन गरि रात्रि आरतीमा सामेल भयौं ।
सतीदेवीको गुह्यद्वार पतन भएर बनेको पहिलो शक्तिपीठ नेपालको गुह्येश्वरी झैं सतीदेवीको शुचिस्थान अर्थात् योनाङ्ग पतन भएर बनेको एकाउन्नौं शक्तिपीठ कामाख्या मन्दिर हो । यो मन्दिरमा देवीको कुनै मूर्ति देखिन्न । यहाँ एउटा कुण्ड छ जसलाई संधै फूल र कपडाले ढाकिन्छ । कुण्डबाट संधै जल निस्किरहन्छ । यहाँ देवीको योनिको पूजा गरिने भएकाले कामाख्या माता रजस्वला हुन्छिन् भन्ने धार्मिक मान्यता छ । माताको रजस्वला अवधिमा मन्दिरभित्र सेतो कपडा बिच्छ्याईदिने र यसरी बिच्छ्याईएको सेतो कपडा तीनदिन पछि रातो हुने र त्यसै रातो कपडालाई यहाँको मुख्य प्रसादको रुपमा बितरण गर्ने चलन रहेछ । प्रत्येक बर्ष मन्दिर नजिकैको ब्रह्मपुत्र नदीकोपानी तीन दिनसम्म रातो हुने र यो कामाख्या माताको रजस्वलाको कारण हो भन्ने पनि मत रहेछ । यस मन्दिरलाई अघोरी तथा तान्त्रिकहरुको साधना सिद्धि गर्ने स्थल समेत मानिने रहेछ । यहाँका सबै कुरा राम्रै भएतापनि पुजारी (पण्डा) हरुको ब्यवहार भने उदेक लाग्दो र ठगी प्रबृत्तीको रहेछ । मन्दिर भित्रै बिभिन्न देवी देवताको दर्शन गर्दा जबर्जस्ती गर्ने, अंकै तोकेर कतै सय त कतै पाँचसय चढा भन्ने, दुर्वचन बोल्ने र माताको प्रसाद (बस्त्रको टुक्रा) आफूखुशी मूल्य तोकेर लिन लगाउने जस्ता कुराले केही नराम्रो लाग्यो । नेपालका कुनै मन्दिरमा यस्तो नभोगेकोले पनि यस्तो लागेको हुनसक्छ ।
भगवान् शिवको नववधुको रुपमा पूजिने कामाख्या माताको पुनः भोलिपल्ट बिहानै दर्शन गरे पश्चात् हामीले दिनभर गुवाहाटीमा रहेका विभिन्न स्थान र मठमन्दिरहरुको भ्रमण गर्यौं । यसै क्रममा दस मिनेट डुंगा चढेर ब्रह्मपुत्र नदीपारि उमानन्दको दर्शन गर्यौं। एशीयाकै ठूला नदी मध्येको एक ब्रह्मपुत्र नदीमा आतेजाते बीसरुपैयां भाडा तिरेर गरिएको सो जलयात्रा निकै रोमाञ्चक रह्यो । यसै गरि त्यहां बालाजी, साई, सूर्य, शनि लगायतका अन्य मन्दिरको पनि दर्शन भयो । साँझमा पुनः कामाख्या माताको आरतीमा सहभागी भईयो । यसरी दुईरात माताको स्थानमा बिताएर भोलीपल्ट त्यहाँबाट निकै टाढा पर्ने परशुराम कुण्डको दर्शनार्थ अरुणाञ्चल प्रदेश तर्फ लाग्यौं । यताको बाताबरण र मौसम पनि काठमाडौंकै जस्तो थियो, न जाडो न गर्मी । दिनभरको लगातार यात्रा पछि हामी बेलुका तीनसुकिया भन्ने ब्यस्त स्थानमा पुग्यौं । त्यहाँको सवारी जामले काठमाडौंको झझल्को आयो । हामी राती त्यहीं होटेलमा बास बस्यौं ।
अघिल्लो दिनको यात्राले थाकेका भएतापनि चिया खाएर हामी बिहान साँढे पाँच बजे परशुराम कुण्डको लागि निस्कियौं । मौसम चिसो थियो । बाटो खाली भएपनि त्यति राम्रो थिएन । वरिपरिको बातावरण भने सुन्दर देखिन्थ्यो । दृश्यावलोकन गर्दै हामी अघि बढ्यौं । करिव दशबजे परशुरामकुण्ड क्षेत्र पुगियो । बसबाट ओर्लेर आधाघण्टा जति सिंढीको बाटो हिंडेपछि नदीको किनारमा रहेको कुण्डमा पुंगिदो रहेछ । नदी गहिरो र बेगवान् भएकोले नुहाउने स्थानमा फलामे बार लगाईएको थियो । पानी चिसो र हावा चलिरहेको थियो । नदीमा स्नान पछि नजिकै रहेको कुण्डमा स्नान गरियो । यहां नुहाउँदा लगाएको बस्त्र त्यहिं छोड्नु पर्ने भनाई रहेछ । हामीले पनि त्यसै गर्यौं। स्नान र पूजाआजा पछि यस क्षेत्रका मठमन्दिरहरु, गौशाला, परशुराम आश्रम आदिको दर्शन अवलोकन गरियो । ब्रह्मपुत्रको किनारमा रहेको यस कुण्ड क्षेत्रमा हावा भने निकै चल्ने रहेछ ।
किम्वदन्ती अनुसार भगवान् बिष्णुका छैठौं अवतार मानिने परशुरामले पिताको आज्ञा पालन गर्दै मातृ हत्या गरेकाले सो पापका कारण उनको हातमा बञ्चरो टांसिएको थियो । त्यस पापबाट मोचन हुने उपाय सोध्दा पिता जमदग्नीले, संसारका कुण्डहरुमा स्नान गर्दै जानु, जहाँ स्नान गर्दा हातबाट बञ्चरो खस्छ त्यहीं यो पापबाट मुक्ति मिल्छ, भनि बताए अनुसार यहाँ आएर स्नान गर्दा बञ्चरो हातबाट कुण्डमा झरेर पापमोचन भएको हुनाले त्यसकुण्डलाई परशुराम कुण्ड भनिएको रहेछ । माघे संक्रान्तीमा यहाँ निकै ठूलो मेला लाग्ने रहेछ । यहाँको स्नानले हरेक पापबाट छुटकारा पाईने जनबिश्वास रहेको पाईयो । माघे संक्रान्तिमा यहाँ ठूलो मेला लाग्ने रहेछ, जस्लाई सानो कुम्भ मेला पनि भनिने रहेछ ।
परशुराम कुण्डको स्नान र दर्शन पछि हाम्रो फिर्ती यात्रा सुरु भयो । हामी पुनः गएकै बाटो हुंदै तीनसुकिया तर्फ लाग्यौं। अघिल्लो दिन राती बसेको स्थानबाट करिव २ घण्टा जति परको स्थानमा हाम्रो रात्री बसाई भयो । भोलिपल्ट सबेरै हिंडियो । यो दिनको बसयात्रा निकै लामो रह्यो । हामी साँझपछिको समयमा मालबजार पुग्यौं । जाँदा बसेकै जलपाईगुडीको मालबजारस्थित होटेलमै हाम्रो बसाई भयो । थोरै बिश्राम पछि, खाना खानु अघि हाम्रो टोलीका सदस्यहरुले मालबजारमा ईच्छानुसार केही किनमेल गरे ।
अर्को दिन पनि बिहानै हिंडियो । हाम्रो अबको यात्रा सिक्कीमको चारधाम भनिने सर्वेश्वरा धाम तर्फको थियो । बाटोमा कुनै समय नेपालको पूर्वीसिमाना मानिएको टिस्टा नदी हेर्दै नौ बजेतिर सिक्कीम पुगियो । बजारमा हल्का चियानास्ता भयो । त्यहाँका सबै अनुहार नेपाली र भाषा समेत नेपाली बोल्ने भएकोले भारतीय भूमिमा रहेको भान भएन । यात्रा अनुमति दिने पर्यटन कार्यालयका नेपालीभाषी कर्मचारीहरु निकै सहृदयी लागे । उनीहरुको सम्मानजनक बोली र सहयोगी ब्यवहारले मन छोयो । हाम्रा सरकारी कार्यालयका कर्मचारीका ब्यवहार आँखामा झलझली नाचे, मनै अमिलो भयो । त्यहाँबाट करिव एक घण्टा जतिखाल्डाखुल्डी रहित सफा घुम्ती बाटोको यात्रा पश्चात् नयाँ चारधाम क्षेत्रमा पुगियो ।
भारतवर्षको चार दिशाका चार कुनामा चार महत्वपूर्ण तिर्थस्थलहरु अवस्थित छन् । जस अनुसार पूर्वमा जगन्नाथपुरी, पश्चिममा द्वारका, उत्तरमा बद्रिनाथ र केदारनाथ र दक्षिण कन्याकुमारीमा रामेश्वर गरी चार देवस्थलहरुलाई चारधाम भन्ने परम्परा छ । हिन्दुहरुले आफ्नो जीवनकालमा एकपटक यी चारधामको तिर्थयात्रा गर्नुपर्ने मान्यता राख्दै आएको पाईन्छ । यसै गरि भारतका बिभिन्न राज्यहरुमा बाह्र वटाशिवलिङ्गहरु रहेका छन् जसलाई द्वादश ज्योर्तिलिङ्ग भनिन्छ । पर्यटन प्रवर्धनका लागि सिक्कीम सरकारले यी सबै चारधाम र द्वादश ज्योर्तिलिङ्गका बेग्लाबेग्लै भब्य मन्दिर र तिनका प्रतिमूर्तिहरु सहित शिवजीको बिशालमूर्ति स्थापना गरेको रहेछ यस स्थानमा । प्रतिब्यक्ति पचास रुपैंयाको टिकट काटेर हामी भित्र छिर्यौं । एकैठाउंमा द्वादश ज्योर्तिलिङ्ग र चारधामको दर्शनपाईयो । मन्दिरका प्रायजसो पुजारीहरुले नेपाली ढाकाटोपी लगाएका देखिन्थे । बंगैचाहरुमा नेपालको राष्ट्रिय फूल रातो लालीगुंरास फूलिरहेको थियो, सबैजना दङ्ग पर्यौं । यो स्थान हेर्न लायक रहेछ । सबैतिरको अवलोकन गरेर खाना खाईवरी हामी त्यहाँबाट निस्कियौं । बाटोबाट हेर्दा टिस्टा नदी गहिरो र सफा देखिन्थ्यो । वरिपरिको बातावरण नेपालकै जस्तो थियो ।
यात्राको प्याकेज अनुसार अवको हाम्रो गन्तव्य नेपालका मन्दिरहरु थिए । त्यसैले, दिनभरीको यात्रापछि बेलुका हामी नेपाल प्रवेश गर्यौं । रातको बसाई बिर्तामोडमा भयो । भोलिपल्ट हामी ईलामको राेङ्ग गाउँपालिकामा पर्ने कुटीडाँडामा अवस्थित सानो पाथिभरा मन्दिर गयौं । पाैने घण्टा जतिको उकालो सिंढीको बाटो चढेर मन्दिर पुगियो । आदिम कालमा माता पार्वतीले हिमालयमा तपस्या गरि फर्कंदा दाहिने पाउ टेकेकाे स्थानमा याे पाथिभरा मन्दिर भएको किंवदन्ती छ । देब्रे पाउले टेकेकाे स्थान ताप्लेजुङ्गको पाथिभरा मन्दिर रहेको मानिन्छ । त्यसैले यस पाथिभरालाई बहिनी पाथिभरा वा सानाे पाथिभरा पनि भनिंदाे रहेछ । यहाँबाट कंचनजंगा हिमाल र ताप्लेजुङ्गको पाथिभरा मन्दिर पनि देखिने रहेछ, तर हुस्सु लागेका कारण हामीले चाँहि देख्न सकेनौं । विभिन्न जातजातिका वनस्पतिले सुसज्जित हरिया जङ्गलले घेरिएको यस क्षेत्रलाई प्रकृतिको अनुपम उपहार मान्न सकिन्छ । मन्दिर क्षेत्र पनि ब्यवस्थित रहेछ । माताको दर्शन पश्चात् हामीेले खाना खाएर अर्जुनधारा मन्दिरतर्फको यात्रा सुरु गर्यौं ।
पौराणिक कालमा गाईबस्तुलाई पानी खुवाउनको लागि अर्जुनले बाणले हानेर पानीको धारा निकालेको भएर यस ठाँउलाई अर्जुनधारा भनिएको किंवदन्ती रहेछ । यस स्थानमा पोखरी सहितको भव्य मन्दिर समेत रहेको छ । बिभिन्न मूर्ति र आकृतिहरुले सजिएको यस अर्जुनधारा क्षेत्रलाई आन्तरिक पर्यटन प्रवर्धनको लागि एउटा राम्रै गन्तव्य बनाउन सकिने देखिन्छ ।
यहाँबाट हामी सप्तरी जिल्ला स्थित राजविराजकाे करिव १० किमी दक्षिण भारतीय सीमावर्ती क्षेत्र सखडा गाँउमा पर्ने छिन्नमस्ता भगवती मन्दिरतिर हिड्यौं । साँघुरोबाटो, सवारी साधनको चाप र धुलो झेल्दै केही घण्टामा हामी मन्दिर पुग्यौं । मन्दिर क्षेत्र भब्य रहेछ, ठूलो पोखरी सहितको । मन्दिर पुग्दा हुरि र पानी पर्यो । छिन्नमस्ता देवी टाउको नभएकी देवी हुन । छिन्नमस्ता भगवतीको प्राचीन मूर्तीलाई चाँदीको प्रतिमाले छोपिने रहेछ । हामीले शिर बिनाको प्राचीनमूर्ती दर्शनको लागि पुजारीलाई अनुरोध गर्यौं, तर विहान ४ बजे हुने नित्यपूजाको बेलामा बाहेक अरुबेला त्यो प्राचीन मूर्तीको दर्शन नपाईने जानकारी पायौं । छिन्नमस्ता साक्षात् भगवती मानिन्छिन् । माताको अनुकम्पाले यहाँआई पूजाआजा र दर्शन गर्न पाएकोमा आफूलाई धन्य ठान्यौं हामीले । तत्पश्चात् हामी रात्री बिश्रामका लागि बर्दिवास पुग्यौं ।
हेर्दा हेर्दै यात्राको अन्तिम दिन आयो । बिहान सात बजे हामी सिन्धुली गढी हुंदै फर्कन थाल्यौं । पानी परिरहेको थियो । मौसम असाध्यै चिसो थियो । हामी अपरान्ह कुशेश्वर महादेव मन्दिर आईपुग्यौं । एक ढेढ बर्ष पहिले पुग्दा मन्दिर पुनःनिर्माण हुंदै थियो । अहिले निर्माण कार्य सकिएछ । मन्दिर दर्शन र पूजाआजा गर्यौं। नदी किनारमा खाना पकाएर खायौं । अनि तिर्थ यात्रा सकुशल सम्पन्न गराईदिनु भएकोमा घुमेर आएका सबै देवी देवताहरुको स्मरण गर्दै काठमाडौं प्रस्थान गर्यौं। यात्रा अवधिभर रमाईलो अनुभूति भयो । यसरी देश तथा बिदेशका केही तिर्थस्थलहरुको घुमाई पश्चात हाम्रो रमाईलो तिर्थ यात्रा समापन भयो ।
ब्यवस्थापकः श्री हरिशरणम् तीर्थ यात्रा, नयाँबानेश्वर । प्रोप्राइटर– मोहनप्रसाद अधिकारी
ब्यवस्थापन सहयोगीः घिमिरे बहिनी, टंक भाई
चालकः अर्जुन पौडेल, सहचालकः आले भाई
लेखक |
कामरुप कामाख्या दर्शन पश्चात् तिर्थ यात्रा टाेली |
फागुन ४ गते बिहान ६ बजे हामी १५ जना तिर्थयात्री, यात्रा ब्यवस्थापक टोली र चालक दलका ५ जना गरि जम्मा २० जना सवार बस तिर्थ यात्राको लागि काठमाडौंबाट प्रस्थान गर्यो । मौसम सफा भएतापनि चिसो भने हटिसकेको थिएन । यात्रा ब्यवस्थापक मोहनप्रसाद अधिकारीले हामी सबैलाई टोलीको पहिचान स्वरुप तिर्थ यात्रा अंकित टोपी प्रदान गर्नुभयो । साथै उहाँले यात्राको बेला अपनाउनु पर्ने सावधानी तथा यात्रा सम्बन्धि थप कुराहरु बारे जानकारी गराउनु भयो ।
हाम्रो पहिलो गन्तब्य वारा जिल्लाको कलैयामा अवस्थित तराई क्षेत्रको प्रसिद्ध शक्तिपीठ गढीमाईको मन्दिर थियो । बाटोमा चीयापान पश्चात् ईच्छाकामना मन्दिर कुरिनटारमा बिहानी खानाको लागि हाम्रो बस रोकियो । उपयुक्त स्थल हेरेर खाना पकाउने तरखर भयो । हामीले खाना पकाउन लाग्दा त्यहि स्थानमा भारतीय तिर्थयात्रीहरु पनि हामीले जस्तै खाना पकाउँदै थिए । खानपिन गरेर हामी प्रस्थान गर्यौं। हामीले पहिलो रात वीरगन्जको एक होटेलमा बितायौँ ।
दोश्रो दिनको हाम्रो यात्रा भोलिपल्ट बिहानै सुरु भयो । झिसमिसेमै गढीमाई मन्दिर पुग्यौं, नित्यपूजा हुंदै रहेछ, हेर्यौं । संसारकै सबैभन्दा धेरै बली चढाईने भनि प्रसिद्ध, नेपाल र भारतका लाखौं नागरिकका आस्थाकी प्रतिक देवी माता गढीमाईको दर्शन गर्यौं । तत्पश्चात् बाटोमा पर्ने स्थानहरुको अवलोकन गर्दै हामी जनकपुर धाम तिर लाग्यौं ।
ऐतिहासिक सहर जनकपुरमा जानकी मन्दिर, बिवाह मण्डप लगायतका अन्य केही मन्दिरहरुको दर्शन गरेर हामी धनुष मन्दिर तर्फ लाग्यौं । धनुष मन्दिरको दर्शन गर्ने क्रममा त्यहाँका पुजारीले यहाँको ऐेतिहासिक तथ्य र धार्मिक महत्वका बारेमा बताउनु भयो । सीता स्वयंवरको समयमा रामद्वारा भाँचिएको शिव धनुषको तीन टुक्रा भएको रहेछ । जसमध्ये एक टुक्रा स्वर्गमा, एक टुक्रा पातालमा गई बाँकी रहेको एक टुक्रा यहाँ स्थापना गरिएको रहेछ । यहाँ रहेको धनुषाकृति बढ्दै बढ्दै गएको भन्ने समेत उहाँको भनाइ थियो । यसै स्थानमा रहेको कुण्डमा जलको मात्रा भरि भए देशमा सहकाल आउने तथा जल घटेमा कुनै नराम्रा घटना हुने स्थानीयको बिश्वास रहेको बताउँदै उहाँले जनआन्दोलन, दरबार हत्याकाण्ड, भुकम्प जस्ता घटनाका समयमा पनि कुण्डमा जल सुकेको कुरा सुनाउनु भयो । अहिले पनि त्यहाँ जलको मात्रा निकै तल (हेर्दा नदेखिने) थियो ।
यसरी जनकपुर धामका विभिन्न मठमन्दिर र पोखरीहरुको दर्शन अवलोकन पश्चात् हामी धरान तर्फ लाग्यौं । हामी बिच बाटोमा पुग्नु केहि अघि मात्रै अन्तर्राष्ट्रिय मुस्लिम सम्मेलन सकिएको रहेछ । नेपाल र भारतका सहभागीहरुको सवारीको चापले करिव ४ घण्टा सडक जाम भयो । जाम छिचोलेर बास बस्ने धरानको एक होटेलमा पुग्दा रातको साँढे नौ बजेको थियो । हतार हतार खाना बनाइयो ।खाना खाएर हामीले धरानमा दोश्रो रात बितायौं ।
हाम्रो अबको गन्तव्य धरानकै विभिन्न मन्दिरहरु थिए । हामी बिहान बुढासुब्बा मन्दिर पुग्यौं । यहाँका मन्दिरका दर्शन सहित पुजारीसंग यस स्थानको महत्वका बारेमा बुझ्यौं । यहाँको विशेषता भनेको नै यस स्थानमा रहेका बाँसहरूमा टुप्पा नहुनु रहेछ । यसो हुनुमा बूढासुब्बाले गुलेलीले मट्याङ्ग्रा हानेर टुप्पा भाचिदिएको भन्ने मान्यता रहेछ । किराँत धर्मावलम्बीहरूका लागि महत्वपूर्ण मानिने बूढासुब्बा मन्दिर भित्र दुईवटा माटाका ढिस्काहरु छन् जसलाई बूढासुब्बाको समाधी स्थलको रूपमा पूजिने गरिन्छ ।
त्यसपछि पिण्डेश्वर बाबा धाम पुगेर महादेवको दर्शन गर्यौं । पौराणिक कालमा समुन्द्र मन्थन गर्दा निस्केको अमृत घडालाई दानवहरुबाट जोगाई यस स्थानमा ल्याएर अमृतपिण्ड शिवलिङ्गको स्थापना गरि राखिएको भनाई छ । श्रावण महिनामा चतराको कोशी नदीमा स्नान गरि त्यहाँको जल ल्याएर पिण्डेश्वरमा चढाउनेको भिड लाग्ने गर्दछ ।
त्यहाँबाट हामी सतीदेवीको दाँत पतन भएर उत्पत्ति भएको मानिने प्रसिद्ध शक्तिपीठ माता दन्तकाली भगवतीको मन्दिर पुग्यौं । नेपाल एकिकरण पूर्व बिजयपुर राज्यका सेन वंशी राजाहरुको ईष्ट देवीको रुपमा पूजित धरानको बिजयपुर डांडाको मध्य भागमा अवस्थित दन्तकाली भगवतीको नियमित पूजा हुंदै रहेछ, केहीबेर कुर्नु पर्यौं । त्यहाँ हामीले कालो दाँत आकृति सहितकी दन्तकाली माताको पूजाअर्चना र दर्शन गरि नेपालको पूर्वीभागमा रहेको जनकपुर पछिको प्रमुख तीर्थस्थलकाे रुपमा प्रसिद्ध सताक्षी धामतर्फ प्रस्थान गर्यौं ।
सताक्षी धामकाे झरना |
सतासीधाम क्षेत्र अत्यन्तै रमणीय रहेछ। यहाँ दिगम्बेश्वर महादेव, हनुमान, गायत्री आदि मन्दिर, जसमुनी आश्रम र गौशाला पनि रहेको छ । पौराणिककालमा पाँण्डवहरुले यही स्थानमा हतियार लुकाएर गुप्तवास बस्न गएका थिए भन्ने किम्बदन्ती रहेछ । मन्दिरबाट लगभग आधा घण्टा पैदल यात्रा पछि पुगिने सहस्र धारा भन्ने स्थानमा रहेको झरनामा युधिष्ठिरले सताक्षी देवीको पूजा आराधना गरी देवीको दर्शन पाएको स्थान भएको हुनाले यसलाई सताक्षी धाम भनिएको हो भन्ने भनाई समेत रहेको पाईन्छ । सहस्र धारामा नुहाउनाले पाप नाश हुने जनविश्वास रहेको छ । यस्तै, सताक्षी धामलाई हिमालय पर्वतकी छोरी पार्वतीले उनको विवाह भगवान विष्णुसँग गरिदिन लागेपछि भागेर लुकेको ठाउँ पनि भन्ने गरिंदो रहेछ । कुनै समय पृथ्वीमा सुक्खा लागेको बखत सतीदेवीले आफ्ना सयवटा आँखाबाट एकैपटक अश्रुवर्षा गरी खोलो बगाउदा तिनै देवीको नामबाट सताक्षी धाम भएको भन्ने पनि धार्मिक मान्यता रहेछ । यिनै जानकारी लिंदै हामीले आश्रममै खाना खायौं । गर्मिको समयमा खानासंगै खाईएको त्यहींका गाईहरुबाट उत्पादित मोही अमृतभन्दा कम्ती मीठो लागेन ।
अबको हाम्रो गन्तव्य भारतको आसाममा अवस्थित माता कामरुप कामाख्या देवीको मन्दिर थियो ।बोर्डरमा सामान्य कागजी कारबाहीपछि हामी सिलगुडी प्रवेश छिर्यौं । बाटोमा केहीबेर सिलगुडीमा रहेका आफन्तजनहरुसंग पनि रमाइलो भेट्घाट भयो । चियापान पश्चात् बाटाेका दृश्यहरु अवलोकन गर्दै हामी अघि बढ्यौं । रातीको बसाइ जलपाईगुडीको मालबजारस्थित होटेलमा भयो । भोलीपल्ट सबेरै त्यहाँबाट हामी कामरुप कामाख्या मन्दिर तर्फ लाग्यौं । बिहानको समय बाटो प्रायः सुनसान थियो । हामी अपरान्ह कामाख्या मन्दिर पुग्यौं । मन्दिरका पुजारीको गेष्टहाउसमा बसाइको ब्यवस्था थियो । त्यो दिन हामीले दर्शन, मन्दिर अवलोकन गरि रात्रि आरतीमा सामेल भयौं ।
भगवान् शिवको नववधुको रुपमा पूजिने कामाख्या माताको पुनः भोलिपल्ट बिहानै दर्शन गरे पश्चात् हामीले दिनभर गुवाहाटीमा रहेका विभिन्न स्थान र मठमन्दिरहरुको भ्रमण गर्यौं । यसै क्रममा दस मिनेट डुंगा चढेर ब्रह्मपुत्र नदीपारि उमानन्दको दर्शन गर्यौं। एशीयाकै ठूला नदी मध्येको एक ब्रह्मपुत्र नदीमा आतेजाते बीसरुपैयां भाडा तिरेर गरिएको सो जलयात्रा निकै रोमाञ्चक रह्यो । यसै गरि त्यहां बालाजी, साई, सूर्य, शनि लगायतका अन्य मन्दिरको पनि दर्शन भयो । साँझमा पुनः कामाख्या माताको आरतीमा सहभागी भईयो । यसरी दुईरात माताको स्थानमा बिताएर भोलीपल्ट त्यहाँबाट निकै टाढा पर्ने परशुराम कुण्डको दर्शनार्थ अरुणाञ्चल प्रदेश तर्फ लाग्यौं । यताको बाताबरण र मौसम पनि काठमाडौंकै जस्तो थियो, न जाडो न गर्मी । दिनभरको लगातार यात्रा पछि हामी बेलुका तीनसुकिया भन्ने ब्यस्त स्थानमा पुग्यौं । त्यहाँको सवारी जामले काठमाडौंको झझल्को आयो । हामी राती त्यहीं होटेलमा बास बस्यौं ।
अघिल्लो दिनको यात्राले थाकेका भएतापनि चिया खाएर हामी बिहान साँढे पाँच बजे परशुराम कुण्डको लागि निस्कियौं । मौसम चिसो थियो । बाटो खाली भएपनि त्यति राम्रो थिएन । वरिपरिको बातावरण भने सुन्दर देखिन्थ्यो । दृश्यावलोकन गर्दै हामी अघि बढ्यौं । करिव दशबजे परशुरामकुण्ड क्षेत्र पुगियो । बसबाट ओर्लेर आधाघण्टा जति सिंढीको बाटो हिंडेपछि नदीको किनारमा रहेको कुण्डमा पुंगिदो रहेछ । नदी गहिरो र बेगवान् भएकोले नुहाउने स्थानमा फलामे बार लगाईएको थियो । पानी चिसो र हावा चलिरहेको थियो । नदीमा स्नान पछि नजिकै रहेको कुण्डमा स्नान गरियो । यहां नुहाउँदा लगाएको बस्त्र त्यहिं छोड्नु पर्ने भनाई रहेछ । हामीले पनि त्यसै गर्यौं। स्नान र पूजाआजा पछि यस क्षेत्रका मठमन्दिरहरु, गौशाला, परशुराम आश्रम आदिको दर्शन अवलोकन गरियो । ब्रह्मपुत्रको किनारमा रहेको यस कुण्ड क्षेत्रमा हावा भने निकै चल्ने रहेछ ।
परशुराम कुण्डस्थित शिव मूर्ति |
किम्वदन्ती अनुसार भगवान् बिष्णुका छैठौं अवतार मानिने परशुरामले पिताको आज्ञा पालन गर्दै मातृ हत्या गरेकाले सो पापका कारण उनको हातमा बञ्चरो टांसिएको थियो । त्यस पापबाट मोचन हुने उपाय सोध्दा पिता जमदग्नीले, संसारका कुण्डहरुमा स्नान गर्दै जानु, जहाँ स्नान गर्दा हातबाट बञ्चरो खस्छ त्यहीं यो पापबाट मुक्ति मिल्छ, भनि बताए अनुसार यहाँ आएर स्नान गर्दा बञ्चरो हातबाट कुण्डमा झरेर पापमोचन भएको हुनाले त्यसकुण्डलाई परशुराम कुण्ड भनिएको रहेछ । माघे संक्रान्तीमा यहाँ निकै ठूलो मेला लाग्ने रहेछ । यहाँको स्नानले हरेक पापबाट छुटकारा पाईने जनबिश्वास रहेको पाईयो । माघे संक्रान्तिमा यहाँ ठूलो मेला लाग्ने रहेछ, जस्लाई सानो कुम्भ मेला पनि भनिने रहेछ ।
परशुराम कुण्डको स्नान र दर्शन पछि हाम्रो फिर्ती यात्रा सुरु भयो । हामी पुनः गएकै बाटो हुंदै तीनसुकिया तर्फ लाग्यौं। अघिल्लो दिन राती बसेको स्थानबाट करिव २ घण्टा जति परको स्थानमा हाम्रो रात्री बसाई भयो । भोलिपल्ट सबेरै हिंडियो । यो दिनको बसयात्रा निकै लामो रह्यो । हामी साँझपछिको समयमा मालबजार पुग्यौं । जाँदा बसेकै जलपाईगुडीको मालबजारस्थित होटेलमै हाम्रो बसाई भयो । थोरै बिश्राम पछि, खाना खानु अघि हाम्रो टोलीका सदस्यहरुले मालबजारमा ईच्छानुसार केही किनमेल गरे ।
अर्को दिन पनि बिहानै हिंडियो । हाम्रो अबको यात्रा सिक्कीमको चारधाम भनिने सर्वेश्वरा धाम तर्फको थियो । बाटोमा कुनै समय नेपालको पूर्वीसिमाना मानिएको टिस्टा नदी हेर्दै नौ बजेतिर सिक्कीम पुगियो । बजारमा हल्का चियानास्ता भयो । त्यहाँका सबै अनुहार नेपाली र भाषा समेत नेपाली बोल्ने भएकोले भारतीय भूमिमा रहेको भान भएन । यात्रा अनुमति दिने पर्यटन कार्यालयका नेपालीभाषी कर्मचारीहरु निकै सहृदयी लागे । उनीहरुको सम्मानजनक बोली र सहयोगी ब्यवहारले मन छोयो । हाम्रा सरकारी कार्यालयका कर्मचारीका ब्यवहार आँखामा झलझली नाचे, मनै अमिलो भयो । त्यहाँबाट करिव एक घण्टा जतिखाल्डाखुल्डी रहित सफा घुम्ती बाटोको यात्रा पश्चात् नयाँ चारधाम क्षेत्रमा पुगियो ।
सिक्किम स्थित नयाँ चारधाम परिसर |
भारतवर्षको चार दिशाका चार कुनामा चार महत्वपूर्ण तिर्थस्थलहरु अवस्थित छन् । जस अनुसार पूर्वमा जगन्नाथपुरी, पश्चिममा द्वारका, उत्तरमा बद्रिनाथ र केदारनाथ र दक्षिण कन्याकुमारीमा रामेश्वर गरी चार देवस्थलहरुलाई चारधाम भन्ने परम्परा छ । हिन्दुहरुले आफ्नो जीवनकालमा एकपटक यी चारधामको तिर्थयात्रा गर्नुपर्ने मान्यता राख्दै आएको पाईन्छ । यसै गरि भारतका बिभिन्न राज्यहरुमा बाह्र वटाशिवलिङ्गहरु रहेका छन् जसलाई द्वादश ज्योर्तिलिङ्ग भनिन्छ । पर्यटन प्रवर्धनका लागि सिक्कीम सरकारले यी सबै चारधाम र द्वादश ज्योर्तिलिङ्गका बेग्लाबेग्लै भब्य मन्दिर र तिनका प्रतिमूर्तिहरु सहित शिवजीको बिशालमूर्ति स्थापना गरेको रहेछ यस स्थानमा । प्रतिब्यक्ति पचास रुपैंयाको टिकट काटेर हामी भित्र छिर्यौं । एकैठाउंमा द्वादश ज्योर्तिलिङ्ग र चारधामको दर्शनपाईयो । मन्दिरका प्रायजसो पुजारीहरुले नेपाली ढाकाटोपी लगाएका देखिन्थे । बंगैचाहरुमा नेपालको राष्ट्रिय फूल रातो लालीगुंरास फूलिरहेको थियो, सबैजना दङ्ग पर्यौं । यो स्थान हेर्न लायक रहेछ । सबैतिरको अवलोकन गरेर खाना खाईवरी हामी त्यहाँबाट निस्कियौं । बाटोबाट हेर्दा टिस्टा नदी गहिरो र सफा देखिन्थ्यो । वरिपरिको बातावरण नेपालकै जस्तो थियो ।
यात्राको प्याकेज अनुसार अवको हाम्रो गन्तव्य नेपालका मन्दिरहरु थिए । त्यसैले, दिनभरीको यात्रापछि बेलुका हामी नेपाल प्रवेश गर्यौं । रातको बसाई बिर्तामोडमा भयो । भोलिपल्ट हामी ईलामको राेङ्ग गाउँपालिकामा पर्ने कुटीडाँडामा अवस्थित सानो पाथिभरा मन्दिर गयौं । पाैने घण्टा जतिको उकालो सिंढीको बाटो चढेर मन्दिर पुगियो । आदिम कालमा माता पार्वतीले हिमालयमा तपस्या गरि फर्कंदा दाहिने पाउ टेकेकाे स्थानमा याे पाथिभरा मन्दिर भएको किंवदन्ती छ । देब्रे पाउले टेकेकाे स्थान ताप्लेजुङ्गको पाथिभरा मन्दिर रहेको मानिन्छ । त्यसैले यस पाथिभरालाई बहिनी पाथिभरा वा सानाे पाथिभरा पनि भनिंदाे रहेछ । यहाँबाट कंचनजंगा हिमाल र ताप्लेजुङ्गको पाथिभरा मन्दिर पनि देखिने रहेछ, तर हुस्सु लागेका कारण हामीले चाँहि देख्न सकेनौं । विभिन्न जातजातिका वनस्पतिले सुसज्जित हरिया जङ्गलले घेरिएको यस क्षेत्रलाई प्रकृतिको अनुपम उपहार मान्न सकिन्छ । मन्दिर क्षेत्र पनि ब्यवस्थित रहेछ । माताको दर्शन पश्चात् हामीेले खाना खाएर अर्जुनधारा मन्दिरतर्फको यात्रा सुरु गर्यौं ।
पौराणिक कालमा गाईबस्तुलाई पानी खुवाउनको लागि अर्जुनले बाणले हानेर पानीको धारा निकालेको भएर यस ठाँउलाई अर्जुनधारा भनिएको किंवदन्ती रहेछ । यस स्थानमा पोखरी सहितको भव्य मन्दिर समेत रहेको छ । बिभिन्न मूर्ति र आकृतिहरुले सजिएको यस अर्जुनधारा क्षेत्रलाई आन्तरिक पर्यटन प्रवर्धनको लागि एउटा राम्रै गन्तव्य बनाउन सकिने देखिन्छ ।
यहाँबाट हामी सप्तरी जिल्ला स्थित राजविराजकाे करिव १० किमी दक्षिण भारतीय सीमावर्ती क्षेत्र सखडा गाँउमा पर्ने छिन्नमस्ता भगवती मन्दिरतिर हिड्यौं । साँघुरोबाटो, सवारी साधनको चाप र धुलो झेल्दै केही घण्टामा हामी मन्दिर पुग्यौं । मन्दिर क्षेत्र भब्य रहेछ, ठूलो पोखरी सहितको । मन्दिर पुग्दा हुरि र पानी पर्यो । छिन्नमस्ता देवी टाउको नभएकी देवी हुन । छिन्नमस्ता भगवतीको प्राचीन मूर्तीलाई चाँदीको प्रतिमाले छोपिने रहेछ । हामीले शिर बिनाको प्राचीनमूर्ती दर्शनको लागि पुजारीलाई अनुरोध गर्यौं, तर विहान ४ बजे हुने नित्यपूजाको बेलामा बाहेक अरुबेला त्यो प्राचीन मूर्तीको दर्शन नपाईने जानकारी पायौं । छिन्नमस्ता साक्षात् भगवती मानिन्छिन् । माताको अनुकम्पाले यहाँआई पूजाआजा र दर्शन गर्न पाएकोमा आफूलाई धन्य ठान्यौं हामीले । तत्पश्चात् हामी रात्री बिश्रामका लागि बर्दिवास पुग्यौं ।
हेर्दा हेर्दै यात्राको अन्तिम दिन आयो । बिहान सात बजे हामी सिन्धुली गढी हुंदै फर्कन थाल्यौं । पानी परिरहेको थियो । मौसम असाध्यै चिसो थियो । हामी अपरान्ह कुशेश्वर महादेव मन्दिर आईपुग्यौं । एक ढेढ बर्ष पहिले पुग्दा मन्दिर पुनःनिर्माण हुंदै थियो । अहिले निर्माण कार्य सकिएछ । मन्दिर दर्शन र पूजाआजा गर्यौं। नदी किनारमा खाना पकाएर खायौं । अनि तिर्थ यात्रा सकुशल सम्पन्न गराईदिनु भएकोमा घुमेर आएका सबै देवी देवताहरुको स्मरण गर्दै काठमाडौं प्रस्थान गर्यौं। यात्रा अवधिभर रमाईलो अनुभूति भयो । यसरी देश तथा बिदेशका केही तिर्थस्थलहरुको घुमाई पश्चात हाम्रो रमाईलो तिर्थ यात्रा समापन भयो ।
- तीर्थ यात्रीहरुः अम्बिका लामिछाने, भवानी अधिकारी, लक्ष्मी पाण्डे, गीता बिष्ट, उमा ढुंगाना, रामेश्वरी ढुंगाना, ईन्दिरा घिमिरे, कल्पना मिश्र, अनिता बस्नेत, बिष्णु बस्नेत, प्रमिला न्यौपाने, महालक्ष्मी आचार्य, मञ्जु रिजाल, मञ्जु रिजालको दिदी र मुरारीराज मिश्र
ब्यवस्थापकः श्री हरिशरणम् तीर्थ यात्रा, नयाँबानेश्वर । प्रोप्राइटर– मोहनप्रसाद अधिकारी
ब्यवस्थापन सहयोगीः घिमिरे बहिनी, टंक भाई
चालकः अर्जुन पौडेल, सहचालकः आले भाई
Comments
Post a Comment