कविता : सम्बन्ध


 कविता:

अहिले झैँ घाम पहिले पनि लाग्थ्यो

पहिले झैँ पानी अहिले पनि पर्छ

ऋतु पहिले मात्र हाेइन अहिले पनि फेरिन्छ 

दिनरात सदा झैँ अहिले पनि हुन्छ 

सबै कुरा पहिले र अहिलेकाे 

झण्डै-झण्डै उस्तै छन् 

अहिले, मात्रै समय थाेरै फेरिएको छ -

पहिले जाडाेयाममा 

तुषाराे भई पानी जम्थ्याे,

अचेल सबैयाममा 

सम्बन्धहरु जम्न थालेकाछन् ।

✍️ मुरामि


Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …