प्रार्थना : गर माफ सारा चतुर्भुज हरि
🙏प्रभु प्रार्थना🙏
न लागें म सद्-मार्ग, बाटो बिराएँ ।
संधै माेह मायाहरुमैं हराएँ ।।
दियाै धेर तिम्ले, न कैल्यै सह्राएँ ।
संधै क्यै पुगेन, भनेरै कराएँ ।।
न कैले दुखीलाई मैले सघाएँ ।
गरें गाली मात्रै लघारें, रुवाएँ ।।
लिई दम्भ मनमा सधैं नै रमाएँ ।
अहाे ! दिव्य चाेला फगत्मा गुमाएँ !!
न मानें कुनै धक्, कहीँ पाप गर्दा ।
रमाएँ अरुकाे, लुटि खल्ती भर्दा ।।
तिमीलाई बिर्सें, संधै सुख पर्दा ।
सघाऊ मलाई, वैतरनी तर्दा ।।
न डाकें तिमीलाई, आदर गरी ।
न राखें याे मनभित्र, श्रद्धा भरी ।।
न आएँ म मन्दिर, अगाडि सरी ।
गर माफ सारा, चतुर्भुज हरि ।।🙏
- मुरामि
Comments
Post a Comment