गीत: ए सुन्दरी

#गीत
ए सुन्दरी, लुके झैँ गरी
किन हेर्छेउ मलाई, भन यसरी ?

सुन्दर वदन, कमल झैँ नयन्
गुलावी अधर देख्दै मातिन्छ मन्
स्वर्गकी ए परी, धर्तीमा झरी
किन हेर्छेउ मलाई, भन यसरी ?

माेती सरि चम्किला दन्त घेरा
मह झैँ छ बाेली, मीठा र मधुरा
तिमी सुन्दरी, पूर्णचन्द्रै सरि
किन हेर्छेउ मलाई, भन यसरी ?

निश्छल स्वभाव्, त्याे आफन्तपन्
गर्‍याै कि मलाई, तिमीले चयन्
प्रिय सुन्दरी, मेराे निन्द्रा हरी
किन हेर्छेउ मलाई, भन यसरी ?
            ~~~~~~


Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …