हाइकू
रङ्गाई धर्ती
बिदा भयाे लुसुक्क
बसन्त ऋतु
दुखेकाे मन
तप्प तप्प चुहियाे
यी आँखाबाट
मायाको फूल
फुलाउन खाेजेकाे
सरेन बाेट
आफैं देखेर
लठ्ठीए ऋतुराज
मुस्कायाे फूल
पातकाे साटो
फूल झरेछ आज
मख्ख सडक
मलिन हुँदै
शान्तिकाे उपदेश
बुद्ध आऊ न
धुवाँकाे लत
प्वाल परेकाे फाेक्साे
खिईंदै आयु
मुस्काइन् उषा
चिरबिर संगीत
उदाए रवि
सत्ताको मात
उन्मत्त नेताहरु
नियति हाम्रो
दीयाे बालेको
उज्यालो भएनछ
दीयाे मुन्तिर
मिलेर बाँचाै
माटोको भर ईंटा
ईंटाको माटा
चीतामा लास
बज्दैछ बैण्डबाजा
कस्तो रमिता !
कस्तो अचम्म
रावणकाे रक्षार्थ
श्रीराम सेना !
कुन फूल हाे
बास्नाले चिनाउँछ
भन्नै पर्छ र ?
नखाऊँ केही
उपवास बसेर
धर्म कमाऊँँ
पटुका कसाैं
खाली पेट बसेर
स्वास्थ्य बनाऊँ
भाे नकराऊ
निदायाे सरकार
कुम्भकर्ण भै
जनता भाेकै
नेताहरु झार्दैछन्
गाेहीकाे आँसु
बाँच्ने चाहना
तुषारापात हुँदै
बढ्दै संकट
हामी सबैका
आङमा भैंसी हिंड्छ
तर देख्दैनाैं
फुलेको देख्दा
रङ्गीबिरङ्गी फूल
रमायाे माली
नबाेल्ने साथी
हाँसेर बाेल्याे आज
सापटी माग्न
राष्ट्र ढुकुटी
नेताका माेजमस्ती
रमिते हामी !
उठ्यो सागर
ज्वारभाटा बनेर
चन्द्रमा छुन
रङ्गिन धर्ती
उत्कर्षमा बसन्त
अशान्त मन
कच्चा खेतालाे
नमिलाई राेपेछ
उम्रेन बीउ
ब्यूझिन्नन् कैल्यै
कुम्भकर्ण जमात
जत्ति कराउ !
हेर्दैनन् गिद्ध
फूलहरु फक्रेकाे
सिनाे ताक्छन
उनलेे भनिन्
एउटा फूल देऊ 🌷
बगैंचै सुम्पें !
बाँच्न कठिन
मर्न झनै कठिन
जलेन लास/ छैनन् मलामी!
ठग्दैछन् कात्राे
मुर्दासंग समेत
द्रव्य पिचास !
कांप्याे थर्थरी
सम्झेर शिशु पीडा
अामाकाे मन !
पीडामा पृथ्वी,
अताल्लिंदै अाकाश
राेईरहेछ
क्राेधित भईन्
शक्तिशाली प्रकृति
काम्दैछ बिश्व
क्रुद्ध प्रकृति
त्राहीमाम संसार
निरीह मान्छे
फक्रियाे बैँस
झुम्मिए भृङ्गहरु
लजाए फूल
हँसिलो रुप
फक्रेकाे फूलसरि
बसन्त बिर्सें !
जादुयी शक्ति
टक्क अड्याे समय
मुस्कायाै जब !
सुकेको मुल
रसाएछ सुस्तरी
माया टुसायाे
हृदय कालाे
अनुहार रंगिन
फागु तस्बिर !
चिसो शिशिर
बिदा हुँदैछ चिसै
सुस्तरी रुँदै
जेठाजु पर्याे
मन परेकाे केटाे
भाग्यको खेल
चाहिन्न छुरी
त्यसै चिरिन्छ मुटु
हाँस्देऊ मात्रै
राेपेर नीम
उम्रदैन श्रीखण्ड
चेतना भया !
कसरी मान्नु
'प्रहरी मेराे साथी'
बजायाे लाैराे !
समय चक्र
बुढ्याैलीतर्फ यात्रा
थकित तन
फक्रियाे फूल
चारैतिर सुगन्ध
लठ्ठीए भृङ्ग
रंगीयाे डाँडा
ढकमक्क गुराँस
रक्तिम अाेठ
मनमा अाँधी
रसाए परेली बाँध
चुहियाे अाँसु
मुस्कान बेच्छिन्
रक्सीभन्दा अधिक
भट्टि साउनी
हट्याे बादल
उज्यालिए भाष्कर
प्रफुल्ल मन
ढुङ्गे पलङ्ग
लमतन्न शरीर
चिताग्नि कुर्दै
बिदा भयाे लुसुक्क
बसन्त ऋतु
दुखेकाे मन
तप्प तप्प चुहियाे
यी आँखाबाट
मायाको फूल
फुलाउन खाेजेकाे
सरेन बाेट
आफैं देखेर
लठ्ठीए ऋतुराज
मुस्कायाे फूल
पातकाे साटो
फूल झरेछ आज
मख्ख सडक
मलिन हुँदै
शान्तिकाे उपदेश
बुद्ध आऊ न
धुवाँकाे लत
प्वाल परेकाे फाेक्साे
खिईंदै आयु
मुस्काइन् उषा
चिरबिर संगीत
उदाए रवि
सत्ताको मात
उन्मत्त नेताहरु
नियति हाम्रो
दीयाे बालेको
उज्यालो भएनछ
दीयाे मुन्तिर
मिलेर बाँचाै
माटोको भर ईंटा
ईंटाको माटा
चीतामा लास
बज्दैछ बैण्डबाजा
कस्तो रमिता !
कस्तो अचम्म
रावणकाे रक्षार्थ
श्रीराम सेना !
कुन फूल हाे
बास्नाले चिनाउँछ
भन्नै पर्छ र ?
नखाऊँ केही
उपवास बसेर
धर्म कमाऊँँ
पटुका कसाैं
खाली पेट बसेर
स्वास्थ्य बनाऊँ
भाे नकराऊ
निदायाे सरकार
कुम्भकर्ण भै
जनता भाेकै
नेताहरु झार्दैछन्
गाेहीकाे आँसु
बाँच्ने चाहना
तुषारापात हुँदै
बढ्दै संकट
हामी सबैका
आङमा भैंसी हिंड्छ
तर देख्दैनाैं
फुलेको देख्दा
रङ्गीबिरङ्गी फूल
रमायाे माली
नबाेल्ने साथी
हाँसेर बाेल्याे आज
सापटी माग्न
राष्ट्र ढुकुटी
नेताका माेजमस्ती
रमिते हामी !
उठ्यो सागर
ज्वारभाटा बनेर
चन्द्रमा छुन
रङ्गिन धर्ती
उत्कर्षमा बसन्त
अशान्त मन
कच्चा खेतालाे
नमिलाई राेपेछ
उम्रेन बीउ
ब्यूझिन्नन् कैल्यै
कुम्भकर्ण जमात
जत्ति कराउ !
हेर्दैनन् गिद्ध
फूलहरु फक्रेकाे
सिनाे ताक्छन
उनलेे भनिन्
एउटा फूल देऊ 🌷
बगैंचै सुम्पें !
बाँच्न कठिन
मर्न झनै कठिन
जलेन लास/ छैनन् मलामी!
ठग्दैछन् कात्राे
मुर्दासंग समेत
द्रव्य पिचास !
कांप्याे थर्थरी
सम्झेर शिशु पीडा
अामाकाे मन !
पीडामा पृथ्वी,
अताल्लिंदै अाकाश
राेईरहेछ
क्राेधित भईन्
शक्तिशाली प्रकृति
काम्दैछ बिश्व
क्रुद्ध प्रकृति
त्राहीमाम संसार
निरीह मान्छे
फक्रियाे बैँस
झुम्मिए भृङ्गहरु
लजाए फूल
हँसिलो रुप
फक्रेकाे फूलसरि
बसन्त बिर्सें !
जादुयी शक्ति
टक्क अड्याे समय
मुस्कायाै जब !
सुकेको मुल
रसाएछ सुस्तरी
माया टुसायाे
हृदय कालाे
अनुहार रंगिन
फागु तस्बिर !
चिसो शिशिर
बिदा हुँदैछ चिसै
सुस्तरी रुँदै
जेठाजु पर्याे
मन परेकाे केटाे
भाग्यको खेल
चाहिन्न छुरी
त्यसै चिरिन्छ मुटु
हाँस्देऊ मात्रै
राेपेर नीम
उम्रदैन श्रीखण्ड
चेतना भया !
कसरी मान्नु
'प्रहरी मेराे साथी'
बजायाे लाैराे !
समय चक्र
बुढ्याैलीतर्फ यात्रा
थकित तन
फक्रियाे फूल
चारैतिर सुगन्ध
लठ्ठीए भृङ्ग
रंगीयाे डाँडा
ढकमक्क गुराँस
रक्तिम अाेठ
मनमा अाँधी
रसाए परेली बाँध
चुहियाे अाँसु
मुस्कान बेच्छिन्
रक्सीभन्दा अधिक
भट्टि साउनी
हट्याे बादल
उज्यालिए भाष्कर
प्रफुल्ल मन
ढुङ्गे पलङ्ग
लमतन्न शरीर
चिताग्नि कुर्दै
हतारिंदैछन्
हृदय जलाउन
पुराना याद !
निधारभरी
टल्किएछ ईन्द्रेणी
चेलीकाे माया !
ठेकी चर्केछ
अंगेनाेकाे रापले
घिउ पाेखियाे !
बिस्तारै तात्याे
चिसिएकाे अंगेनाे
सल्क्याे दाउरा !
कुँडेकाे दूध
पाेखियाे भुइँभरी
बिरालो मख्ख !
याैटाकाे धन
र्याल काट्दैछ अर्को
भ्रमकाे चास्नी !
बास्ना छर्दैथ्याे
मग्मग बंगैचामा
चुंडियाे फूल !
माैन आकाश
पृथ्वीमा निहार्दैछ
जून बालेर !
लफक्कै धर्ती
आकाशकाे आँसुले
माेती टल्कियाे !
छेकिए रवि
बादलकाे घुम्टाेले
दिउसै रात !
बेचैन मन
अनिदा आँखाहरु
छर्लङ्ग रात !
लक्ष्य शिखर
चिप्लेकिराकाे चाल
हिउँ पग्लियाे !
क्रेता चाहियो
आऊ माेल लगाऊ
सबै बिक्रीमा !
लुछियाे मासु
मन्दिर भित्र लास
माैन देवता !
छाताकाे भर
बेमौसमकाे झरी
दुबै निथ्रुक्क !
फर्कियाे बैँस
छछल्कियाे जवानी
रानीपाेखरी
निर्लज्ज छाती
विवेकहीन दाता
तक्मा लजायाे !
कम्पनहरु
सहंदैछ दिनहुँ
मेराे सहर !
साथी शकुनि
सत्तामा धृतराष्ट्र
बिचरा भीष्म !
धूर्त कैकेयी
निरीह दशरथ
पीडित राम !
कालाे आँखाले
रंगिन पनि देख्छ
कस्ताे अचम्म !!
शिल्पीका हात
प्राण भर्छ ढुङ्गामा
तस्बिर बाेल्छ !
मुस्कायाे फूल
मग्मगायाे बगैंचा
माली रमायाे !
बुद्ध छातीमा
अग्रसर युद्धमा
बुद्धम् शरणम् !
जिते सांसद
हारे पनि सांसद
व्यर्थ चुनाव !
बलवान् स्वार्थ
काेमामा नैतिकता
धूर्त जमात !
भदाैरे घाम
खुर्सानी सुकाएकाे
पानी दर्कियाे !
उसैले बुझ्छ
जस्ले भाेगेकाे हुन्छ
भाेककाे पीडा !
जीवन भर्दै
समस्त पृथ्वीभरी
रवि किरण !
च्वास्स घाेच्दैछ
प्यूरीकाे डस्ना पनि
अनिदाे रात !
पूर्ण चन्द्रमा
काेठामै उदाउँछ
हाँसिदेऊ त !
गधा रहेछन्
घाेडा ठानेका सबै,
गल्ती भएछ
लजायाे लाज
लज्जाविहीन देखि
मुख छाेपेर !
टुपीमा पुग्दा
धाेतीका जुम्राहरु
रवाफै बेग्लै !
कांप्दैछिन् पृथ्वी
छट्पटीमा आकाश
बियाेग पीडा !✅
खेती चटाराे
उफ्रिंदैछ बाउसे
हिलाम्मे खेत !
छैन विवेक
निर्दयी भयाे मान्छे
काेखामा दाँत !
जुनेली रात
जुनकीरीकाे दम्भ
उज्यालो मेरै !
घर झगडा
छताछुल्ल पाेखियाे
सडकभरी !
कुर्दैछिन् धर्ती
ओर्लन नसकेर
राेयाे आकाश
ह्वाल्ल, सुलुल्ल
दाैडंदैकाे फजिती
घिउ पचेन !
अंध्याराे रात
दीयाे सल्काउँदैछु
मन बालेर !
मेराे देशमा
संधै ग्रहण लाग्छ
स्वार्थी नेताकाे !
पूरा अपुरा
केही थान सपना
जीवन यात्रा !
छट्पटीमा छन्
चरणदासहरु
स्वामी रिसाए
बगैंचा हैन
उन्काे हाँसाेमा देखें
फूल फक्रेकाे !
केवल बन्द
फैलिंदै महामारी
तैयारी शून्य !
सामुन्ने चिता
बज्दैछ बैण्डबाजा,
राताे कार्पेट !
फुलेका केश
नेटाे काट्दै उमेर
समय चक्र !
मान्छेकाे मासु
खान पल्केकाे बाघ
वन फर्कन्न !
बिझेकाे काँडा
बिस्तारै काेट्याएथें
बेस्सरी दुख्यो
हरेक घाउ
निकाे पार्छ समय
अौषधी जस्तै
तिम्रो परीक्षा
अब पाे सुरुभयाे
ब्यर्थै नउफ्र !
Comments
Post a Comment