गजल

गजल
सोझो भएर जिन्दगीमा केहि हुन्न रहेछ अचेल,
उन्नतिको एउटा सूत्र थाहा पाएकोछु अचेल ।

ईमान्दारी अङ्गालेर धेरै बर्ष खेर फालें,
टेवुलमुनिबाट “दस्तुर” लिन थालेको छु अचेल ।

योग्यताको भरमा प्रमोशन नपाईने रहेछ यहाँ,
हाकिमको घर–घरमा धाउन थालेको छु अचेल ।

कसिङ्गर थिएँ पहिले सहकर्मीहरुको आँखामा म,
परिवर्तनपछि सवैको प्यारो बन्न थालेको छु अचेल ।
                                             
                                                   ——— मुरामि

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …