ईश्वर बन्दना
#प्रार्थना
हे प्रभु मेराे आत्म घडामा,
ज्ञानामृतले भरिदेऊ ।
ब्यर्थ नजाओस् मानव चाेला,
बिन्ती कृपा गरिदेऊ ।।🙏
जान्दिन गीता, वेद पुराण क्यै,
जान्दिन जप् तप् कर्म ।
न ता जान्दछु, पूजा पाठहरु,
न कुनै जान्दछु धर्म ।।
साह्रै सठ छु, याे मनभित्र,
प्रेमामृतले भरिदेऊ ।
ब्यर्थ नजाओस् मानव चाेला,
बिन्ती कृपा गरिदेऊ ।।🙏
दृष्टि धमिला, श्रवण मधुरा,
काँप्छन् हरेक अङ्ग ।
सुस्त हुँदै गयाे मन मस्तिष्क,
उड्याे रुपकाे रङ्ग ।।
जीवन दीयाे निभ्नु अगावै,
दयामृतले भरिदेऊ ।
ब्यर्थ नजाओस् मानव चाेला,
बिन्ती कृपा गरिदेऊ ।।
हे प्रभु मेराे आत्म घडामा,
ज्ञानामृतले भरिदेऊ ।
ब्यर्थ नजाओस् मानव चाेला,
बिन्ती कृपा गरिदेऊ ।।
✍️ मुरामि
Comments
Post a Comment