लघुकथा: खुशी
लघुकथा: खुशी
✍️ मुरारीराज मिश्र
म बजारमा सामान किन्दै थिएँ । मैले किनमेल गर्दै गरेको पसल नजिकै एउटा बालक पनि बेलुनहरुमा हावा भरेर बेच्दै थियोे । बुबाआमासंग बजार आएको अर्को बालकले बेलुनहरु देखेर आफ्नो बुबासंग हावा भरिएको बेलुन किनिदिनका लागि जिद्दी गर्याे । बुबाले बालकलाई बेलुन किन्नबाट टार्न निकै सम्झाए, तर बालकले मानेन ।
बालहठ अगाडि केही नचलेपछि बुबाले बालकलाई पैसा दिएर पठाए । बालकले बेलुन किनेर हातमा लियो । किन्ने-बेच्ने दुबै बालक खुशी देखिन्थे ! याे सबै घटनाक्रम नियालिरहेकाे मलाई लाग्याे, खुशी परिस्थितिमा निर्भर हुँदाे रहेछ ! किनकि, एउटा बालक बेलुन किन्दा खुशी देखिन्थ्याे भने, अर्को बालक बेलुन बेच्दा ।
***
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)
हिमाली गुराँसमा प्रेषित
Comments
Post a Comment