हाइकु
एक इमानी
वेइमान वस्तीमा
झुन्डाईएछ ।✔️
मक्केकाे जाल
के थाम्दथ्याे र माछाे
बिचराे माझी !✔️
जाडाे न गर्मी
पिठ्युँ माथिकाे भारी
तर्र पसिना !✔️
सिंहदरबार
स्यालकाे बिगबिगी
रक्ताम्य देश ।✔️
बुढाे हाँगोमा
वसन्तकाे स्पर्शले
बैँस चढेछ !✔️
पल्टिए पाना
फेरिए क्यालेन्डर
छाेटिँदाे आयु ।✔️
मन पग्लियाे
आँखाबाट झर्दैछन्
नुनिला ढिक्का ।✔️
उदण्ड शैली
गुण्डागर्दीमा राज्य
न्याय काेमामा !✔️
माैन अवधि
चलखेलमा नेता
मासु पाक्दैछ !✔️
मतदाताले
समुन्नति खाेजेछन्
मतपत्रमा !✔️
चिसो बिहान
मात्तिंदैछ हेमन्त
शीतकाे स्नान ।✔️
चिसो बिहान
न्यानाे खाेज्दैछिन् धरा
हुस्सु ओढेर ।✔️
चुर्लुम्मै डुब्याे
फेवामा माछापुच्छ्रे
न्यानाे खाेजेर !✔️
अक्करे डाँडा
भीरमौरीको चाका
मह शिकारी ।✔️
वसन्त बिनै
सुकेका हाँगाभरी
हिउँ फुलेछ ।✔️
सेताे बर्काेमा
शाेकमग्न प्रकृति
वसन्त कुर्दै ।✔️
भुकम्प थेग्दा
चर्किएको पहराे
मूल फुटेछ ।✔️
मझौला बाेट
लटरम्म सुन्तला
काँडाकाे त्रास !
नश्ल सुधार
कृतिम गर्भाधान
जन्म्यो खच्चड !
कत्ति दुख्दैन
हिजोआज याे मन
आँसु रित्तेछ !७-१६ सिंहदर्बार
गाँउगाउँमा पुग्याे
जङ्गे उदाए !✔️
खाडीकाे बाटो
आँखाभरी सपना
बन्द बाकस ।✔️
बजार भाउ
उफ्रियाे खरायाे झैं
पेट भाेकायाे !
कहिलेकाहीं
लजाउँछ भ्रमरा
फूल मात्तिंदा !
यी आँखाभरी
जमेको बर्खेझरी
झर्यो बेसरी !
खाेंचकाे यात्रा
जुकाकाे बिगबिगी
जीउ चिलायाे !
पाैषकाे झरी
पखालिएका पात
सुकिलाे धर्ती !९-१५
पीडा बिर्सन्छु
तिमी मुसुक्क हाँस्दा
ओैषधी जस्तै !५-२०
बस्ती बस्तीमा
लालीगुराँस फुल्याे
तीज बनेर !५-२३
पूर्णेकाे चन्द्र
मनमा ज्वारभाटा
अनिंदाे रात !६-१
बादलभित्र
जुनकाे लुकामारी
अँध्यारो धर्ती !६-१२
जमरा टीका
टल्किए शिरमाथि
दशैं बनेर ।६-२२
दशैंकाे पर्व
भाेका उदरहरु
रसिला आँखा !६-२२
ताताे शरद
उखर्माउलाे घाम
गृष्मकाे झल्को !६-२७
कस्तो माैसम
ठेगानै नभएको
तिम्रो याद झैं ! २०७८-७-१
नुनिलो आँसु
कति मात्रै पिउनु पातकाे शीत
भ्रम छर्दैछ संधै
माेती बनेर !
पाैषकाे झरी
पखालिएका पात
सुकिलाे धर्ती !
खाेंचकाे यात्रा
जुकाकाे बिगबिगी
जीउ चिलायाे !
यी आँखाभरी
जमेको बर्खेझरी
झर्यो बेसरी !
घाेच्याे भनेर
किन गुनासो गर्नु
काँडा बेच्नेले !
ताेरी बारीमा
साँढेकाे रजगज
साेत्राम्य बाली :!
सेता तन्नामा
मस्त निदाईन् धर्ती
हिउँ ओढेर !
भएको मास्दै
खाैज्दैछाैं विलासिता
बिकास भन्दै !
माेती हुँ भन्थ्याे
घामले हेर्नासाथ
पग्लियाे शीत !
प्यासै मेटिन्न !७-४ पाशुपत् क्षेत्र
ढलाम्य बागमती
गाँजाकाे गन्ध !✔️
धर्ती आकाश
अंगालोमा बाँधिए
सीमा सकियो !✔️
चिसाे अंगेनाे
पेटभित्र डढेलाे
रित्तियाेआँसु !✔️
सूर्य झैँ धरा
बर्षाकाे प्रतिक्षामा
चिरिए गरा ! ✔️
Comments
Post a Comment