हाइकुहरु

 मकलभरी

भर्भराउँदाे आगाे
हात सेकियाे !

बत्ती बल्दैथ्याे
सलेदाे नै डढेछ
काेठै अँध्यारो !

इसाराबाटै
जाेडिए मनहरु
माया साटियाे ! 

उत्रियाे लुगा
नाङ्गैभयाे शरीर
घर झगडा ! 

नाैनी खाएर
मदानी माेटाएछ
ठेकी जिल्लियाे !

कसरी तर्नु
उर्लिएकाे जंघार
पुल भत्केछ !

निदाईन् धर्ती
शीतकाे बिछ्याैनामा
जुन तापेर ! 

मग्न भएर
कविता काेर्दै थिएँ,
मसी सकियो !

अाेसिलाे रात
कठ्याङ्ग्रिएछ मन
तात्नै मुस्किल !✅८-२१

जिते सूर्यले
रातसंगकाे युद्ध
हाँस्दै उदाए !

गाडी चल्दैथ्याे
पेट्रोल सकिएछ
यात्रा राेकियाे !

विद्यार्थी बस्याे
भर्चुअल कक्षामा
नेट चलेन !

लाेडशेडिङ्ग
हटिसक्याे अचेल,
बत्ती खाेई त ! 

भीरकाे यात्रा
लर्खरायाे शरीर
लठ्ठी सहारा !

खुट्टीकाे रस
गजबको पाेषिलो
राेगी तङ्ग्रियाे ! 

श्रीमान लुके
श्रीमतीको रजाइँ
रात परेछ !

खाेई के भयाे
नुनिलो पाे भएछ
उखुको लाक्रा !

कसाैंडी भित्र
छड्किंदैथ्याे चामल
माड पाेखियाे ! 

पाैष महिना
उर्जाहीन'भाे सूर्य
मान्छे तात्दैछन् !

बादल भित्रै
अलमलिए सूर्य
ताताे हरायो !

उषा किरण
पातमाथिकाे शीत
माेतीकाे झल्को ! 

ताप घटेर
मलिन भए सूर्य
जाडाे बढ्दैछ !

तात्दै तातेन
कठ्याङ्ग्रीएकाे मन
घाम लाग्दा'नी ! 

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...