गीत ; खेर जाने आँसुहरू

            ✍️ मुरारीराज मिश्र

खेर  जाने  आँसुहरू,  हुन्थे  भने  बिक्री 

ढुक्कै संग रुन हुन्थ्यो, हुँदैनथ्यो  फिक्री ।


मनभित्रका  इच्छा  सबै,  पुग्ने  हैन  रैछ

साेचे जस्ताे खाेजे जस्ताे, जीवन हुन्न रैछ

रुँदाखेरी फुक्थे यदि,  समस्याका  सिक्री

ढुक्कै संग रुन हुन्थ्यो, हुँदैनथ्यो  फिक्री ।


जीवन  भन्नु   संघर्षको,  अर्को  रुप  रैछ

बाँच्नलाई   आफैंभित्र,   जल्नुपर्ने    रैछ

राेइदिँँदा जिन्दगी याे, हुँदो हो निस्फिक्री 

ढुक्कै संग रुन हुन्थ्यो, हुँदैनथ्यो  फिक्री ।


खेर  जाने  आँसुहरू,  हुन्थे  भने  बिक्री 

ढुक्कै संग रुन हुन्थ्यो, हुँदैनथ्यो  फिक्री ।

                   ~~~~~

 गाेप १०-१३ गते प्रेषित 


Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …