भजन

भक्तिरुपी दीयाेले, गर्दैछु आरती म
याे बिश्व नै हाे तिम्रो, आखिर् चढाउँ के म ?

लाखौं स्वरुप तिम्रो, गर्छाै अनेक लीला
काे देव, काे मनुवा, चिन्ने कसाेरी हाेला !
श्रद्धाकाे पुष्पगुच्छा, अर्पन्छु प्रेमले म
याे बिश्व नै हाे तिम्रो, आखिर् चढाउँ के म ?

स्वप्ना संधै प्रभुकै, देख्छु हरेक रात
निन्द्रा खुलेर हेर्दा, हुन्छु यहाँ म मात्र
सप्रेम याे जीवन् नै, सुम्पन्छु हे प्रभाे म
याे बिश्व नै हाे तिम्रो, आखिर् चढाउँ के म ?

भक्तिरुपी दीयाेले, गर्दैछु आरती  म
याे बिश्व नै हाे तिम्रो, आखिर् चढाउँ के म ?
                                 ✍ मुरामि

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...