एक्काइस झर
१. खम्बा जस्तै भयाे जिन्दगी,
जेलिएका छन् समस्याका तारहरू !
२. भ्यागुताहरू कराउने बेलामा,
काेइलीकाे के काम !!!
३. सपना देख्न निदाउनुपर्छ हजुर,
खुला आँखाले त संसार मात्रै देखिन्छ !
४. शब्दको पनि स्वाद हुन्छ, बाेल्नुअघि चाखाैँ !
मीठो लागे मात्रै बाेलाैँ, नत्र आफैँ राखाैँ !!
५. ओखती हाे तिम्राे मुस्कान
दिनभरिकाे मेराे थकान बिर्साउँछ !
६. आँखाकाे आँसु लुकाऊँ,
ढाेका खाेल्दा मुस्कुराऊँ !
७. पीडा त सबैको एउटै नै हुन्छ हजुर,
कोही आँसु झार्छन्, कोही हाँसेर टार्छन् !!
८. दियाे निभ्नुमा ‘हावा नै दाेषी’ नहुन सक्छ,
झट्टै आराेप नलगाऊँ ‘तेल सकिएको’ हुनसक्छ !
९. जिब्रो तरबार त हाेइन,
तर यस्ले मुटु चिर्न सक्छ !
१०. कस्तो अचम्म !
आँखा एउटाकाे, आँसु भरिदिन्छ अर्काले !!
११. मन तृप्त हुँदा एक थाेपा पानी पनि वर्षातझैँ लाग्छ,
अतृप्त मनले त पूरै समुद्र पनि कम नै ठान्छ !
१२. अभावमा पनि खुशीहरू भेटिन्थे पहिले,
सम्पन्नता छ तापनि खुशी भेटिन्न अचेल !
१३. काटिनु छ भन्ने थाहा हुँदाहुँदै पनि उड्न छाेड्दैन !
वास्तवमा, जिउने कला त चङ्गाले पाे सिकाउँछ !!
१४. घडी त सस्तैमा पाइन्छ हजुर,
समय पाे महङ्गो छ त !!
१५. असल कार्य गर्दै जानुस् कसैले प्रशंसा गरुन् नगरून्,
हाँगा काटे भनेर रुखले अक्सिजन दिन छाेड्छ र ?
१६. आ-आफ्नाे विवेककाे कुरा हाे हजुर,
चाेरले त चन्द्रमालाई पनि शत्रु नै ठान्छ !!!
१७. गुन त दुवैले लगाएका हुन्छन् घरलाई,
तर, “छत”ले देखाउँछ “जग”ले लुकाउँछ !!!
१८. निकाले पछि पनि किलाकाे डाेब बाँकी नै रहन्छ,
वचन पनि त्यस्तै हाे हजुर !!!
१९. म सबैभन्दा माथि छु भनेर घमण्ड नगराैँ कि हजुर !
तला थपिएपछि घरकाे छत पनि भुइँमा बदलिन्छ !!
२०. बिरामी हुँदा सहयोगमा नउठ्ने हातहरू,
समवेदना लेख्न कति छिट्टै हतारिन्छन् !
२१. तिमीले अनुहारमा फिँजिएकाे कपाल हटायाै,
मैले भन्ठाने चन्द्रमा उदाएछ !
(उमामहेश्वर मार्ग, कामपा ७, कुमारीगाल)
https://sahityapost.com/kabyapost/kabya-post-haiku/39041/?fbclid=IwAR0jHaVDR9E3ZTvtszE39NmDHbV07qo9pEXWLAvzWN9y0Es3aSTp0WbiRKc
Comments
Post a Comment