गीत

खालि छ है याे मुटुमा, याैटा काेठा अैले
भाडा लिन्न, बस्न यहाँ जाे आउँछ पैले

काेठा हेर्ने मन छ भने, आखाबाट पस्नु
राम्रोसँग हेर्नु अनि, मन परेमा बस्नु
बस्नु अघि खबर गर्नु, सामान सार्ने कैले
भाडा लिन्न, बस्न यहाँ जाे आउँछ पैले

शर्त छ मेराे, केवल याैटै, डेरावालालाई
आफ्नैे घर झैं ठान्नुपर्छ, मेरो काेठालाई
मञ्जुर भए सुम्पने छु, तालाचावी मैले
भाडा लिन्न, बस्न यहाँ जाे आउँछ पैले

खालि छ है याे मुटुमा, याैटा काेठा अैले
भाडा लिन्न बस्न यहाँ, जाे आउँछ पैले






Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …