हाइकूहरु

कक्रक्क धर्ती 
देख्न सकेन पीडा
राेयाे अाकाश

शिशिर याम
मुटु छेड्ने सिरेटाे
मलिन रवि

जीवन यात्रा
छरपस्ट छन् काँडा
गाेरेटाे भरि  !

बाेलीनाै तिमी
रमाइलो संसार
सुनसान भाे 

म‌ैमत्त मन
संसार थाम्न खाेज्छ
हुटिट्याउँ झैँ  

तात्याे अंगेनाे
सल्किंदै काठपात
धुवां निस्कियाे

फूल लजायाे
निहुरियाे सुस्तरी
अाएछ भृङ्ग

बिहान उस्तै
बेलुका पनि उस्तै
सूर्यको रङ्ग  

उजाड रुख
पतझड माैसम
वसन्त कु्र्दै 

चिसो शहर
चिसा चिसा मानिस
चिसै सम्बन्ध 

बुझ्नै कठिन
मनभित्र डढेलाे
तैपनि जाडो !

झरेको पात
उड्दै गयाे रमाइ
कतै हरायो 

सर्वत्र छल
केवल छलफल
निस्कन्न फल

चर्केकाे भित्ताे
लिउनले टालियाे
हटेन डाेब !

रुँदैछ झार्दै
रक्त मिश्रित अाँसु
अाधा अाकाश  !

मुस्कायाै तिमी
उज्यालो भयाे मन
जुन बिर्सिएँ

मदिरा हैन
काफी छ तिम्रो साथ
मन मात्तिन

बाघ ठानेकाे
पुच्छर हल्लाउँदै
म्याउ पाे गर्र्‍याे

याे मन  पाेल्छ
अागाेले भन्दा बेसी
तिम्रो मायाले

थुनेको चराे
काटिएका पखेटा
हेरेर रुन्छ ।

खाने कसरी
भीर माैरीकाे मह
चढ्नै कठिन

खाली खाली छन्
मनका फाँटहरु
राेपाैं न माया 

अधर प्याला
स्पर्शै छ काफी
मात्नका लागि 

पाैषकाे ठण्डी
मन्द रविकिरण
ताप विहीन 

अनिंदाे रात
मनभरी तुषाराे
तिमी नहुँदा 

विवेक शून्य
भेडा बथानहरु
लुरुक्क पछि !

दूर गन्तव्य
बाध्यताकाे सफर
पेटकाे अागाे

अशान्त मन
काँडा झैं बिझाउँछ
प्यूरीकाे डस्ना 


जलेको घर
बेमा‌ैसमी संगीत
बिहेको निम्तो !

हरेक पर्व
पस्दैनन् दैलाेभित्र
रुन्छ झुपडी

सर्लप्पै सुक्छ
उर्लिएकाे खहरे,
हिउँद लाग्दा

टुट्दाे बिश्वास
चिसिएका सम्बन्ध
ब्यथित मन

तृषित मन
शीतका थाेपाहरु
बतास चल्यो

खुला पिजडा
काटिएका पखेटा
उड्ने चाह !

व्यग्र प्रतिक्षा
बिछाेडिएकाे प्रेम
ज्यूंदै छ अाश

लक्ष कठिन
कठै ! काँक्राकाे बाेट
थांक्राकै भर !

अर्काकी स्वास्नी/पराइ नारी
भिरमाैरीकाे मह
लाेभी नजर

अयोग्य पात्र
माेजमस्ती रवाफ
पदको मात

कस्तो क्रुरता !
लजायाे लाज पनि
निसाफ देऊ

बल्छिकाे मासु
जिब्राेकाे चुरिफुरी
मृत्युको निम्तो

#नाङ्गाकाे बस्ती
संकटमा ब्यापार
बिचरा धाेबी !

धूर्त जमात
नैतिकताकाे अाश
स्यालकाे सिङ

लुछियाे चाेक्टा
रक्तरञ्जित देश
माैन संसद !

बैँसकाे मात
उत्ताउलिए युवा
मनको लड्डु

उम्लियाे दूध
निभ्याे चुल्होकाे अागाे
बिरालाे जिल्ल !

धनी बनिन्थ्याे
हुन्थ्यो भने ब्यापार,
अाँसु बिक्दैन !

अागाे बन्दैछ
जूनकाे शीतलता
डढ्दैछ मन !

शिथिल सूर्य
कठ्याङ्ग्रिदै छिन् धर्ती
उग्र हेमन्त

फुसकाे छानाे
हेमन्तकाे सिरेटाे
काेखामा मुठी

अतृप्त प्यास
बेमौसमी बतास
पाेखियाे शीत

चिसो माैसम
भर्भराउंदाे अागाे
राैसिंदै मन

राेयाे अाकाश
मनकाे वह पाेख्दै
निथ्रुक्क धर्ती !

धुम्मियाे पाैष
अताल्लियाे झुपडी
कक्रिंदै तन

पाकेको केश
चुलबुले नजर
रसिक मन !

सर्वाङ्ग नाङ्गो
न गुदि न त बोक्रो
कठै कसार !

झुके नयन
थर्थराए अधर
मात्तियाे मन !

उन्मत्त सत्ता
निरीह प्रतिपक्ष
लुछिंदै देश

सानेपा नृत्य
यदुवंशी जमात
मासिने मेलाे !

हुन्छ रे भन्थे
रक्सीमा मात्रै नशा,
हैन रहेछ !

चाहना एक
बहाना छन् अनेक
बुझ्ने कसरी ?

प्रेमाकर्षण
उचालिन्छ सागर
चन्द्रमा छुन

पारिलाे घाम
सफा नीलो अाकाश
हाँस्याे हेमन्त

गन्तव्य एक
जाने बेला फरक
ब्यर्थ घमण्ड

खुट्टिमा बल
किन चाहियाे अरु
मैमत्त मान्छे !

नारी नयन
बर्षा ऋतुकाे मेघ
झर्नै अातुर

समयचक्र
जन्म मृत्युु खरानी
शाश्वत सत्य

चिसाे सिरेटाे
मात्तिएकाे माैसम
तिम्रो अभाव !

निभ्दैमा अागाे
चिसाे हुन्न अंगेनाे
भुङ्ग्राे छ बाँकी

स्वच्छन्द मन
काल्पनिक उडान
मनकाे लड्डु

पेलियाे उखु
निस्कियाे अश्रुधार
रक्त मिश्रीत !

घामकाे स्पर्श
पातमाथिको शीत
माेतीकाे टुक्रा

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...