साेच्दैनन् भेडाहरु

 कविता:

"साेच्दैनन् भेडाहरु"
-------------- ✍️ मुरारीराज मिश्र
के तपाईंले देख्नुभएकाे छ
भेडाहरुले साेचेकाे ?
पक्कै पनि छैन हाेला !



अहँ, मैले पनि देखेकाे छैन अहिलेसम्म !
निकै स्वामीभक्त हुन्छन् भेडाहरु
त्यसैले साेच्द‌नन् !
आँखै अगाडि दुर्घटना देखेपनि साेच्दैनन्
परेपनि साेच्दैनन्
मरेपनि साेच्दैनन्
आज्ञापालन उनीहरूकाे धर्म हाे
त्यसैले कहिल्यै साेच्दैनन् !
ऊनका लागि भुत्ल्याईए पनि
मासुका लागि रेटिए पनि
कहिल्यै गुनासाे गर्दैनन्
त्यसैले त पालिन्छन्
मीठो-पिठो खुवाएर
परेकाे बेला बलि चढाउन भेडाहरु !
              ***
_______  उमामहेश्वर मार्ग, कुमारीगाल, का.म.पा.- ७ ।
नाेट: साहित्यपाेष्ट अनलाइनमा प्रकाशित याे कवितालाई यस लिंक https://www.sahityapost.com/2020/12/22151/ मा पनि पढ्न सकिन्छ ।

कविता संसार अनलाइन मा प्रकाशित ।

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...