गजल/चारु
✍️ मुरारीराज मिश्र,
मीठो वचन बाेल्न, पैसा पर्दैन ।
बाेलीमा मह घाेल्न, पैसा पर्दैन ।।
के नै पाे दिनुपर्छ र, रिसाउनु ?
हाँसेर दैलाे खाेल्न, पैसा पर्दैन ।
दासै बन्छाै भने त, के भनुँ र खै ?
ठीकै छ, हात माेल्न पैसा पर्दैन ।
महँगो छ त के भाे, लास जलाउन ?
ज्यूँदैमा मन पाेल्न, पैसा पर्दैन ।
आँटेर, पाइला बढाउँदै छु म
लाग्छ, लक्ष छिचाेल्न पैसा पर्दैन ।।
***
वैजयन्तिमा प्रेषित
Comments
Post a Comment