लघुकथा समय / संस्कार


मेरा हजुरबुवा, आफू हिंडदै गरेको बाटो कुखुराले काट्यो भने पनि त्यो बाटो नहिंडी अर्कै बार्टीबाट घर आएर नुहाउने गर्नुहुन्थ्यो ।

बुबा, कुखुराले बाटो काट्दासम्म त केही भन्नु हुन्न थियो । तर कुखुराले छोयो भने चाहिं जनै फेरेर सुनपानी छर्कनु हुन्थ्यो ।

म पुरानो संस्कारमा हुर्किएको मान्छे । तर कुखुरालाई छुनुसम्म मलाई कुनै आपत्ति छैन । तापनि कुखुराको मासु भने म खान्न ।

मेरो छोरोलाई आधुनिकताको हावा लागेको छ । ऊ भन्छ - "बाउनहरूले कुखुरा काट्न पो हुँदैन, अरुले काटेको कुखुरा खान के फरक पर्छ र ?" समयसँगै संस्कार बदलिएको छ । औहले नातिहरू घरमै ल्याएर कुखुरा काट्ने गर्दछन् ।

 मधुपर्क/२०५२ साउन/पेज नं.४६

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...