प्रार्थना

कलि मध्य भयाे, क्षय धर्म भयाे,
बढ्यो पाप अति, यस पृथ्वी भरी ।
गर नाश अधर्म र पापहरु,
प्रभु फेरि कुनै, अवतार धरि ।।

अति उग्र हुँदैछ, अधर्म प्रभु,
यहाँ पाप बडो बलशाली भयाे ।
बन्यो पत्थर झैँ, मन मानिसको,
न दया-ममता, मनु लुब्ध भयाे ।।
धरती बिचरी, दुखी छिन् बहुतै,
अब भार हटाऊ, ढिलाे नगरी ।
गर नाश अधर्म र पापहरु,
प्रभु फेरि कुनै, अवतार धरि ।।

गुणी जन् बहुतै, दुखी छन् जगमा,
तिमी माथि छ आश, प्रभु सबकाे ।
सब ताप विनाशक, छाै तिमी नै,
तिमी बाहेक पर्नु शरण् कसकाे !!
भवमाेचक हाै, तिमी मात्र प्रभाे,
यहाँ हुन्छ र के, तिमीले नगरी ?
गर नाश अधर्म र पापहरु,
प्रभु फेरि कुनै, अवतार धरि ।।

कलि मध्य भयाे, क्षय धर्म भयाे,
बढ्यो पाप अति, यस पृथ्वी भरी ।
गर नाश अधर्म र पापहरु,
प्रभु फेरि कुनै, अवतार धरि ।।
                       ✍️ मुरामि


Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...