दुई भजन
आऊ आऊ साथी संगी, पशुपति जाऊँ !
बाग्मतीकाे तिरमा बसी, शिव भजन गाऊँ !!
भुत प्रेत साथ लिई बस्दछन् शिव,
बाघ छाला कम्बरमा कस्दछन् शिव,
तड्कभड्क केही छैन भाेले शम्भुमा,
चिता भस्म घसी हिड्छन अङ्ग-अङ्गमा ।।
आऊ आऊ साथी संगी, पशुपति जाऊँ !
बाग्मतीकाे तिरमा बसी, शिव भजन गाऊँ !!
नागमाला गलाभरी लाउँछन् शिव,
बिष, भाङ, धतुराेमा रम्दछन् शिव,
डम्बरु र त्रिशूल लिने दुबै हातमा,
चन्द्रमालाई धारण गर्छन् आफ्नाे माथमा ।।
आऊ आऊ साथी संगी, पशुपति जाऊँ !
बाग्मतीकाे तिरमा बसी, शिव भजन गाऊँ !!
गङ्गालाई जटा माथि राख्दछन् शिव,
पार्वती काखमा राखि हाँस्दछन् शिव,
भक्तसँग चाँडै खुशी हुने शंकर,
शरण पर्याैं भाेले हाम्रो पीर सब हर
आऊ आऊ साथी संगी, पशुपति जाऊँ !
बाग्मतीकाे तिरमा बसी, शिव भजन गाऊँ !!
सम भाव राख्नुपर्छ सिकाउँछन् शिव
घृणा गर्ने बस्तु हुन्न बताउँछन् शिव
शिवजीकाे यही सन्देश बुझाैं बुझाअाैं
भजन-कीर्तन गराैं जीवन धन्य बनाअाैं
आऊ आऊ साथी संगी, पशुपति जाऊँ !
बाग्मतीकाे तिरमा बसी, शिव भजन गाऊँ !!
**********
सुख, हाे प्रभुकाे उपहार मलाई,
दु:ख, उन्ले लिएको परीक्षा हाे ।
सुख-दु:खलाई नअङ्गालुँ कसरी,
यी दुबै नै प्रभुको प्रसाद हाे ।।
सुखमा प्रभुप्रति आभारी हुँ,
दु:खमा उन्कै शरण परुँ ।
जे-जस्तो हालमा राखुन् मलाई,
केवल म उन्कै स्मरण गरुँ ।।
बुद्धि देऊ प्रभु सुखमा नमातुँ,
दु:खमा सहने धैर्य दिलाऊ ।
आउँछ जान्छ सुख-दु:ख भन्ने,
आत्मज्ञानको सुधा पिलाऊ ।।
~~~~~~~~
Comments
Post a Comment