भजन

बाहिर निस्कि, ए मन मुर्ख, च्याति भ्रमकाे पर्दा ।

व्यर्थ छ गर्नु, तेराे मेराे, के छ र लानु मर्दा !!


आँखाहरुले, देख्छन् जति ती, सारा सेरोफेरो ।

मुढ ए मन तँ, ठान्छस् किन, याे हाे सबै नै मेराे !

हाेला पछुतो अन्तिम बेला, काल अगाडि सर्दा !

व्यर्थ छ गर्नु, तेराे मेराे, के छ र लानु मर्दा !!


ठूलो-सानाे, धनी-गरीब, भ्रम हाे दृष्टिकाे मात्रै ।

हात पसारी जानु छ सबले, ओढि सेताे कात्रै । 

गरे सुकर्म, सजिलो हाेला, वैतरणी नदी तर्दा ।

व्यर्थ छ गर्नु, तेराे मेराे, के छ र लानु मर्दा !!

                                     ✍️ मुरामि

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …