कटु यथार्थ

पराई भो बरु आफ्नो, आफन्त शत्रु तुल्य भो ।'
यस्तो भयो भने सम्झ - आफ्नाको शून्य मूल्य भो ।।
कुटोस् नै बरु शत्रुले, दुःख लाग्दैन क्यै रती ।
आफ्नाका शब्दले घाउ पार्दछ पोल्छ भत्भती ।।
मायाँ र ममता पाए, बरु ढुंगा टुसाउँछ ।
आफन्त बनि मान्छेले - पछाडि शूल् घुसाउँछ ।।
– मुरारीराज मिश्र, कुमारीगाल

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...