भजन

जन्में जब लिई मानव चाेला, माेहपासले बाँध्याे ।
गर्भ समयका हरि स्मरणहरु,  भुलें स्वार्थले गाँज्याे ।।

बाल्य अवस्था शाेक थिएन, मात्र खानकाे ध्यान ।
रुँदा पुग्दथ्याे सबै चाहनाहरु, केही थिएन ज्ञान ।।

समयक्रम संगै बढ्याे उमेर, युवा अवस्था आयाे ।
रुप, शक्तिको दम्भ भयाे अति, मन्मा आशक्ति छायाे ।।

बृद्धअबस्था नजिकिन लागे, जीर्ण हुँदैछ शरीर ।
कसरी म आउँ तिम्रो द्वारमा, मनमा यहि छ पिर ।।

गर्न सकिन यस अघि भक्ति, समय आयाे मरणकाे ।
चरणकमलमा स्थान देऊ् प्रभु, याेग्य ठानी शरणकाे ।।
 ✍  मुरारीराज मिश्र

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...