सात प्रेमिल हाइकु

रक्तिम ओठ

स्पर्श गर्नै पर्दैन

हेर्दै मात्तिन्छु  !


घर्तीमा पनि

चन्द्राेदय देखिन्छ 

केश हटाऊ !


घाईते पार्न

हतियार चाहिन्न

आँखै काफि छ !


फूल बर्सिन्छ

मग्मगाउँछ हावा

मुसुक्क हाँस्दा !


काेकिल कण्ठ 

सुमधुर आवाज

वीणा रेटे झैं !


तुलना व्यर्थ 

लजाउँछे उर्वर्शी

साैन्दर्य सामु !


प्रेम भावले

लजाई निहुरिन्छाै

थामिन्छ सृष्टि !

(कुमारीगाल, काठमाडौं-७, उमामहेश्वर मार्ग)                   २०७७-०६-०४ गते साहित्यपाेष्टमा प्रकाशित 

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...