भेडाजस्तै भएका छन् भेडाहरु

#कविता

याैटा भेडीगाेठ,
जहाँ ब्यस्त थिए छलफलमा
एक बथान भेडाहरु,
आक्राेशित थिए उनीहरू
गाेठाला र नाइके प्रति,
उस्काे दम्भ, गाली र धम्की प्रति,
भन्दै थिए - अब कति सहने ?
आजै याैटा निर्णय गराैं ।
अर्थात् सबैमा थियोे नाइके फेर्ने रहर
माैका मिले आफैं नेता बन्ने रहर ।
पहिलो भन्दैथ्याे -
अब आफैं बनिन्छ नेता,
कति सहने 'त्यस्काे' चुरिफुरी ?
दाेश्राेले सही थाप्याे-
मेराे समर्थन छ तिमीलाई,
कुनै हालतमा पनि बन्न दिनु हुन्न
त्यसलाई हाम्रो नाइके,
तेस्रो बाेल्याे-
हाे त, हामी यतिका छाैं,
त्यस्काे पक्षमा दुई-चारजना त हुन नि !
हामीले नै जित्छाैं,
चाैथाे डुक्रियाे-
उनीहरूले जबर्जस्ती गर्न खाेजे भने
लडिन्छ, भिडिन्छ, बिराेध गरिन्छ
परे अनसनै बसिन्छ
जे जसरी भएपनि छाेडिन्न
त्यस्लाई त कुनै हालमा पनि
मान्दै मानिन्न......
यसरी धेरैले बाेले,
हाैसियाे पहिलो भेडाे,
लगभग सर्वसम्मत भएकाे थियो उ
त्यस दिनको छलफलमा ।
आनन्दले निदाए
त्यस रात भेडाहरु,
देखे स्वर्णिम सपना,
खाए घ्यू संग मनकाे लड्डु ।
बिहानी भयाे,
गाेठालाले कुकुर अघि लगायाे
अनि जबर्जस्ती लखेट्याे भेडाहरुलाई ।
भेडाहरु अक्क न बक्क भए,
सबैले हिजाेका सर्वसम्मत
भेडा नेताकाे मुख हेरे,
उ माैन रह्यो,
फलतः
गाेठालाले ताेकेकाे कुकुरका पछि पछि
लुरुलुरु हिंडे सबै,
न विरोध भयाे,
न त कुनै आन्दोलन नै,
तुहीयाे भेडाहरुकाे विराेध कार्यक्रम ।
त्यसैले हाेला,
आजभाेलि  बैठक गर्दैनन् भेडाहरु,
चुपचाप छन् भेडाहरु,
बिवेकशून्य भएका छन् भेडाहरु,
आत्मसमर्पणवादी भएर
जता डाेर्‍यायाे उतै
लुरुक्क हिंडेकाछन् भेडाहरु,
साँच्चै भन्ने हाे भने हिजोआज,
भेडाजस्तै भएका छन् भेडाहरु !
         ~समाप्त~
✍️ मुरारीराज मिश्र
(उमामहेश्वर मार्ग, का.म.पा.-७, कुमारीगाल)

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...