लघुकथा : लड्डु
लड्डु
छिमेकीको घरमा ठूलै झगडा सुरु भाे । हतियार नउठाएकाेले मात्रै रगत नबगेकाे हाे, शब्दले त भिषण काटमार नै भाे । दाजुभाइहरुका कित्ता छुट्टिन थाल्यो ।नातागोता र आफन्तहरु पनि गुट-गुटमा बाँडिए । अलि सम्पत्तिवाला नै भएकाले दाजुभाइहरुकाे । जग्गा जमिन प्रशस्तै थियाे ।
चतुराे छिमेकी सबै घटनाक्रम नियालिरहेकाे थियोे । बिस्तारै उ पनि सल्बलाउन थाल्यो । सुटुक्क, बेग्लाबेग्लै सम्पर्क गर्न थाल्याे दुबैसंग । हितैषी देखाऊन थाल्यो आफूलाई दुबैकाे । जसरी हुन्छ आफूलाई सहयोग गर्न आग्रह गरे दुबै दाजुभाइले उसलाई । अंशवण्डा हुने त करिब पक्का जस्तै थियाे, फाईदा हुने ठानेर छिमेकी पनि मख्ख पर्यो । बर्षाैं देखि आफूले आँखा लगाउँदै आएकाे उनीहरूकाे भाेगचलनकाे जमिन सस्तो दाममा हात पार्ने लाेभ बढ्याे । उसले प्रस्ताव राख्यो, दुबैले सहर्ष सहमति जनाए । अझ याैटाले त बजार भाउभन्दा निकै कम माेलमा दिन्छु पनि भन्याे, उ हाैसिएर अनेक तानाबाना बुन्न थाल्याे !
एक दिन बिहान, उ भर्खरै उठेको मात्रै थियो । छिमेकमा निकै हल्लाखल्ला सुन्याे । हेर्यो, धेरै मानिसको जमघट थियाे । उ पनि बिस्तारै गयाे त्यतातिर । देख्यो, माला लगाएर अंकमाल गरिरहेका थिए दाजुभाइले ! उ अचम्मित भयाे । अकस्मात् बाेलाए दाजुभाइले । उस्ले केही बुझ्नु अघि नै याैटाले भन्याे - 'हेर्नुस् न, दाजुभाइमा पनि के झगडा गर्नु भनेर हामी त मिल्याैं, आपसमा आत्मालाेचना गर्यौं, लाै लड्डु खानुस् तपाईंपनि…' !!!
Comments
Post a Comment