देशको गीत ...
चाहे लगाऊ दाैरा-सुरुवाल, चाहे धाेती-गम्छा ।
नेपाली मन हुनुपर्छ, जे लाएनी हुन्छ ।।
बेग्लाबेग्लै भाषा-भेष, बेग्लै बोलीचाली ।
जेजस्तो होस् रहनसहन, हामी हौं नेपाली ॥
सबै भाषा राष्ट्रभाषा, संविधानले भन्छ ।
नेपाली मन हुनुपर्छ, जे बोलेनी हुन्छ ॥
देउडा गाऔं, झ्याउरे गाऔं, या त देउसी भैलो ।
रोदी गाऔं, लोकगीत गाऔं, या त तामाङ सेलो ॥
यहाँ गाइने सबै गीतमा, एकताको धुन छ ।
नेपाली मन हुनुपर्छ, जे गाएनी हुन्छ ॥
स्वाभिमानी बन्नुपर्छ, अल्छी गर्नु हुन्न
मेहनतले उब्जाएर, खानुपर्छ अन्न
भात, रोटी, गुन्द्रुक, ढिंडो, के-के खान पुग्छ ।
नेपाली मन हुनुपर्छ, जे खाएनी हुन्छ ॥
चाहे लगाऊ दौरा-सुरुवाल, चाहे धोती-गम्छा ।
नेपाली मन हुनुपर्छ, जे लाएनी हुन्छ ॥
Comments
Post a Comment