भजन
ईश्वर कस्ता हुन्छन् भनेर, छाेडिदिऊँ खाेज्ने काम ।
भन्न सकिन्न भेटिन सक्छन् , कुन रुपमा भगवान् !
हावा उनैको, पानी उनैकाे, आकाश धर्ती उनैको ।
पञ्चतत्वले निर्मित शरीर याे, बाेलीचाली उनैकाे ।
दाता उनै हुन् , के छ र हाम्राे, किन गर्ने अभिमान !
भन्न सकिन्न भेटिन सक्छन् , कुन रुपमा भगवान् !
जन्मदिने उनै, कर्मदिने उनै, हामी माध्यम मात्र ।
माया, ममता राखि सबमा, बन्नु पर्छ सुपात्र ।
ब्याप्त उनै छन् जड चेतनमा, केवल् राखाैं इमान।
भन्न सकिन्न भेटिन सक्छन् कुन रुपमा भगवान् !
भन्न सकिन्न भेटिन सक्छन् कुन रुपमा भगवान् !
ईश्वर कस्ता हुन्छन् भनेर, छाेडिदिऊँ खाेज्ने काम ।
भन्न सकिन्न भेटिन सक्छन् , कुन रुपमा भगवान् !
✍ मुरारीराज मिश्र
Comments
Post a Comment