भजन

शायद कुनै जुनीकाे, सत्कर्मले त हाेला !
पायाैं याे देव दुर्लभ, उत्तम मनुष्य चाेला ।।

आयाैं रुँदै र नाङ्गै, जानु छ खाली हात ।
पाप्-पुण्य मात्र जान्छन्, अदृश्य आत्म साथ ।।
मिल्दैन लान केही, के गर्नु झैँ-झमेला !
पाएर देव दुर्लभ, उत्तम मनुष्य चाेला ।।

आशक्ति क्यै नराखी, गर्नु छ सत्य कर्म ।
आँसु पुछाैं दुखीकाे, मिल्नेछ लाख धर्म ।।
पाप् कर्मले नभर्नु, याे देहरुपी झाेला ।
पाईन्न देव दुर्लभ, उत्तम मनुष्य चाेला ।।

संसार रङ्गमञ्च, हामी सबै नटुवा ।
याे जिन्दगी हाे यात्रा, मान्छेहरु वटुवा ।।
गन्तव्य हाे चिता त्याे, आत्मा र देह छुट्ला ।
जल्नेछ देव दुर्लभ, उत्तम मनुष्य चाेला ।।

शायद कुनै जुनीकाे, सत्कर्मले त हाेला !
पायाैं याे देव दुर्लभ, उत्तम मनुष्य चाेला ।।
                                         ✍ मुरामि

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...