पाँच हाइकु

१. मान्छेले जित्यो 

बुनाई प्रतिस्पर्धा 

हार्‍याे माकुराे !


२. कठै ! छेपाराे

के जित्थ्याे मान्छेलाई 

रंग फेर्नमा !


३. ब्वांसाे चरित्र 

हावी भयाे मान्छेमा

काेखामा दाँत !


४. बैगुनी मान्छे 

कुकुरबाट सिक्दैन

ईमान्दारीता !


५. ओझेलमा छन्

कमिला र माहुरी 

बारुलो ठालू !

*****साहित्यपाेष्टमा प्रकाशित ******


Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...