तीज गीत

✍️ मुरामि

सबै दिदीबहिनीहरु, एकै ठाउँमा भेट्ने हाे ।

मनकाे व्यथा बिर्सिएर, हाँस्ने धाेकाे मेट्ने हाे ।।

बर्ष दिनकाे पर्व याे,

पर्व हाम्रो गर्व हाे,

छाडापना छाडेर

मनाउनु पर्छ हाे ।

सबै दिदीबहिनीहरु, एकै ठाउँमा भेट्ने हाे ।

मनकाे व्यथा बिर्सिएर, हाँस्ने धाेकाे मेट्ने हाे ।।


तीजको गीत गाएर, छमछमी नाच्ने हाे ।

खुशी हुँदै रमाउँदै, दुख:भुली बाँच्ने हाे ।।

छाेटा लुगा लाइन्न,

रक्सी चुराेट खाइन्न,

डिस्काे बारमा गएर

छाडा गीत गाइन्न ।

सबै दिदीबहिनीहरु, एकै ठाउँमा भेट्ने हाे ।

मनकाे व्यथा बिर्सिएर, हाँस्ने धाेकाे मेट्ने हाे ।।


अजम्वरी काे छ यहाँ, के घमण्ड गर्ने हाे ?

मरि जाँदा लानु के छ, खालि हातै मर्ने हाे ।।

दर किनी लानु छ,

सबै मिली खानु छ,

तीजको दिन व्रत बसी

शिव मन्दिर जानु छ ।

सबै दिदीबहिनीहरु, एकै ठाउँमा भेट्ने हाे ।

मनकाे व्यथा बिर्सिएर, हाँस्ने धाेकाे मेट्ने हाे ।।

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...