लुछियाे लिम्पियाधुरा

शुभचिन्तक हुँ भन्थ्याे, गर्थ्याे ठूला कुरा पनि ।
कहिले साँच्चिकै लाग्थ्यो, दु:खकाे साथी हाे भनि ।।
एकाएक उसैले नै, धस्दियाे छातीमा छुरा ।
कालापानी दुख्यो पैले, दुख्दैछ लिम्पियाधुरा ।।

सहयोग पनि दिन्थ्याे, कैले काँही अलिअलि ।
त्यसकै बदला गर्थ्याे, देशभित्र ढलिमलि ।।
दाउ हेरि बस्या रैछ, खान याे देश नै पुरा ।
पैले सुस्ता निल्याे क्वाप्पै, अहिले लिम्पियाधुरा ।।

के गर्नु, दाेष छ हाम्रै, देश काट्याैं कुटुकुटु ।
उसैका पाउमा चाट्याैं, श्वान झैँ भै लुटुपुटु ।।
आफैं छाड्याैं सिमा हाम्ले, उस्काे के गर्नु खै कुरा ! 
काेशी-काली लुछ्याे पैले, लुछियाे लिम्पियाधुरा ।।

पहिले जे जति घात, राष्ट्रकाे हामीले गर्‍याैं ।
स्वीकारी देशका सामु, सच्याउन अघि सराैं ।।
सकेनौं यदि याे गर्न, एकताबद्ध भै पुरा ।
बाँकी हुन्न पुरै देश, के खाेज्नु लिम्पियाधुरा ।।
                 *समाप्त*
तलको लिंकमा पनि याे कविता पढ्न सकिनेछ ।
https://sahityapost.com/2020/05/5440/

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...