तीन भजन

१. भजन

भन्छन् ऋषि महर्षि, भन्छन् पुराण शास्त्र -

'श्रीकृष्ण नै जगतमा, हुन् देव एकमात्र' ।।


जप हाे स्मरण उनैको, तप् हाे भजन् र पाठ ।

हाे मन्त्र नाम उन्काे, मुक्ति छ यसबाट ।।


दुई हात जाेडी केवल, लिंदा श्रीकृष्ण नाम -

सम्पूर्ण पाप कट्छन्, पाईन्छ दिव्य धाम ।।


भन्छन् प्रभु गीतामा - 'केवल म हुँ विधाता,

छन् नाशवान सारा, स्थायी म हुँ जगत्मा' ।।


मेराे र तेराे भन्ने, याे स्वार्थी भाव त्यागाैं ।

भक्ति गराैं प्रभुकाे, मन कृष्ण मैं लगाअाैं ।।

----------------------------------- ✍️ मुरामि


२. भजन

सृष्टि भरिका, प्राणी सबै नै, पर्छन् जस्काे शरणमा ।

करुणामूर्ति, भाेलेबाबा, परें म पनि चरणमा ।।


तीर्थ तिमी नै, व्रत तिमी नै, तिमी नै याेग र ध्यान ।

जति बुझे नि, बुझ्न नसकिने, तिमी नै सारा ज्ञान ।।

शब्द तिमी नै, अर्थ तिमी नै, तिमी नै हाै परमार्थ ।

कर्म तिमी नै, भाग्य तिमी नै, तिमी नै हाै पुरूषार्थ ।।


धर्म तिमी नै, सत्य तिमी नै, तिमी नै सारा शास्त्र ।

नाशवान छन् सारा बस्तु, अविनाशी तिमी मात्र ।।

पाप पुण्यका साक्षी तिमी नै, तिमी नै मुक्तिदाता ।

सारा जगमा, व्याप्त तिमी छाै, तिमी नै एक विधाता ।।


आदि तिमी नै, अन्त्य तिमी नै, तिमी मात्रै छाै नित्य ।

भुलभूलैया सारा सृष्टि, तिमी नै शाश्वत सत्य ।।

तिमी नै माता, पिता तिमी नै, गुरु र मित्र तिमी ।

सृष्टि, स्थिति र विनाश गर्ने, त्रिलाेकी देव तिमी ।।


जप तप तिमी नै, पूजा तिमि नै, दान पनि हाै तिमी ।

प्राण बनेर, जीवहरुका, मनमा बस्ने तिमी ।।

कसरी तर्ने, भवसागर याे, प्रभु बताऊ उपाय !

परें शरणमा, दीन बनेर, भज्दै नम: शिवाय ।।

                                       ✍️ मुरामि

३. भजन

कृष्ण तिम्रो दर्शन गर्ने, ईच्छा भयाे मनमा ।

भेटिन्छाै कि भेटिंदैनाै, गाेकुल वृन्दावनमा ?


साथीसँग मिलि नाैनी, मखन चाेरी खाने ।

दही ठेकी फुटाएर, गाेपीलाई सताउने ।।

गाेपिनीका वस्त्र लुकाई, अनेक लीला गर्ने ।

एक तिमी परमात्मा, सबै हर्ने भर्ने ।।

कृष्ण तिम्लाई भेट्ने याैटै, ईच्छा छ याे मनमा ।

दर्शन दिनु राधासंगै, आई बृन्दावनमा ।।


गाेकुलधाम टाढा पर्छ, कति चाेटि धाउनु ?

म आउँदा दर्शन दिन, तिमी पनि आऊनु ।।

रास लीला गर्नु, दही, मखन पनि खानु ।

सबैलाई लठ्ठ पारी, बांसुरी बजाऊनु ।।

यति कुरा मान्छाै भन्ने, आशा छ याे मनमा ।

पर्खिरहेकाे छु कृष्ण, म त बृन्दावनमा ।।

                                    ✍️ मुरामि

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...