प्रार्थना : शिव हुन् जगका स्वामी

सेरोफेरो याे सब मेरो, 

किन भन्छाैं खै हामी ?

जब कि, 

शिव हुन् जगका स्वामी ।।

भगवान्, शिव हुन् जगका स्वामी ।।


खाली हात पठाए प्रभुले,

हाम्रो क्षमता जाँच्न ।

धन कमायाैं, दान गरेनौं 

लाग्यौं केवल साँच्न ।

जानु छ फेरि, खाली हातै

के लान्छाै र हामी ?

भगवान्, 

शिव हुन् जगका स्वामी ।। भगवान्.....


शिव प्रभुकै चरणकमलमा, 

भेटिन्छन् चारै धाम ।

तार्छन् उनैले याे भवसागर,

लिऊँ उनैकाे नाम ।

हर्ने भर्ने सबै शिवै हुन्

केवल रमिते हामी,

भगवान्, 

शिव हुन् जगका स्वामी ।। भगवान्.....

                  ✍️मुरामि

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...