हाइकुहरु
माैसम जस्तै
धुम्मिए मनहरु
नाता टुट्दैछन् !९-२०
मुसुक्क हाँस्याे
निदाएको हिमाल
घामले छुँदा ! ९-२५
जिब्रो थुतिन्छ
प्रश्न गर्न थालेमा
माैन रहनु !९-२५
बर्षा राेकियाे
बलेसी तप्किंदैछ
यी अाँखा जस्तै !९-२६
माैन अाँखाले
धेरै कुरा भनेथे
बुझ्याै बुझिनाै !!९-२६
कैले त बुझ
मनका कुरा पनि
बाेल्नै पर्छ र !९-२७
कता हराए
लमतन्न बगर
मुस्काए घर १०-०१
तिमीझैं लाग्छ
माघकाे घाम पनि
नछाेडाैं जस्तो !१०-३
अन्न पिंध्दैन
बिग्रिएकाे जाँताेले
हाताे थन्कियाे १०-१६
भवँरा थुन्यो
फूलले आफूभित्रै
माया पोखियो ! १०-१७
अचम्म दृश्य
रमिता छ देशमा
मान्छे भुक्दैछन् !१९-१८
हुस्सु अाेढेर
शीतको बिछ्यौनामा
निदाइन् धर्ती !१०-१८
लजाईन् धरा
बर्षाले नुहाएर
ऋतुकाल झैँ !१०-२५
तिम्रो स्पर्शले
मात्तिएछ बतास
सुगन्ध चल्यो !११-०३
काेल्टे फेर्दैमा
छर्लङ्ग बित्यो रात
थाकेनन् अाँखा ! ११-११
लाज लाग्दैन
नाङ्गै भैसक्दा पनि
तब पाे नेता ! ११-१७
बिहानी भित्र
विलीन भयाे रात
दिन जन्मियाे !१२-८
लुसुक्क निस्क्याे
किन अाज बिरालाे
दूध फाटेछ !१२-०८।
रङ्ग भर्दैछ
सिउँदाेमा वसन्त
लजाईन् धरा !१२-१३
सर्वत्र फूल
भवंरा अतालियाे
ऋतु साैन्दर्य !१२-१३
पत्र-पत्रमा
सुम्सुम्यायाे हावाले
फूल लठ्ठिए !१२-१३
प्रकृति लुकिन्
रंगिन घुम्टो भित्र
बैँस सम्हाल्दै !१२-१४
नक्कली दाँत
हजुरबाकाे ईच्छा
भुटेको मकै ! १२-१६
पग्लेर झर्याे
धर्तीमाथि अाकाश
बर्षात् बनेर !१२-१८
निथ्रुक्कै धर्ती
अाकाश पग्लिएर
टुसा उम्रिए ! १२-२०
बुढाे ठूटाेमा
वसन्तले छाेएछ
हाँगा पलायो !१२-२०
सन्नाटा चिर्दै
भाले बास्याे बेस्सरी
सूर्य ब्युंझिए !१२-२४
तातेकाे चैत
लखतरान यात्रु
बाटाे लम्बियाे !१२-२७
बाेझ नलाग्ने
दस ताेलाकाे सिक्री
जनै गरुङ्गाे !१-१
भाेककाे गीत
शब्दका परिकार
कवि अघायाे !१-१
पानीको अाश
मेलम्चीको पाईप
फुस्फुस हावा !१-२
पात्राे फेरियो
भित्ता उहीका उही
जिन्दगी जस्तै !१-३
सिम्सिमे झरी
बलेसी थामिएन
अाँखा सुन्नियाे !१-६
निसासिएछन्
नङ्ग्याईएका डाँडा
तल्तिर झरे !१-१३
चर्केकाे भित्ताे
क्यै गरि टालिएन
संधै उप्किन्छ !१-१४
मीठो वास्नाले
लाेभिएछ भवँरा
फूल चुम्दैछ !१-१६
लास थुप्रिए
खाेलाका किनारमा
चिता भरियाे !१-२३
क्लान्त मनले
हेर्दैछ धरहरा
मान्छेका पीडा !१-२९
Comments
Post a Comment