(लघुकथा) समय/संस्कार

लघुकथा
#समय/संस्कार
- मुरारीराज मिश्र
हजुरबुबा : कुखुराले बाटाे काट्दा त्याे बाटो नै नहिंडी अर्कै बाटोबाट घर अाई नुहाएर जनै फेर्नुहुन्थ्यो,
बुवा : बाहुनले कुखुरा छुन पाे हुन्न तर कुखुराले काटेको बाटो हिंड्दा फरक पर्दैन भन्नुहुन्थ्यो,
म : बाहुनले कुखुरा खानु पाे हुन्न छुंदा केही हुन्न भन्ने मान्छे,
छाेरा : बाहुनले कुखुरा काटनु पाे हुन्न अरूले काटेकाे खांदा केही फरक पर्दैन भन्थ्याे,
अहिले नातीहरू घरमै कुखुरा काटेर खान्छन् ।

Comments

Post a Comment

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …