पाँच हाइकु

~एक~
आँखाको भाखा
बुझ्नु नि कहिले त
बाेल्नै पर्छ र ?

~दुई~
रक्सीले छुन्न
प्यून पाए ती ओठ
मात्थ्याे कि मन !

~तीन~
भैगाे पर्दैन 
त्यसै राम्री देखिन्छाै
शृङ्गार किन ?

~चार~
तिम्रो सामीप्य 
प्रेमका कुराहरु
छर्लङ्गै रात !

~पाँच~
बगैंचा भित्र 
तिमीलाई देखेर 
लजाए फूल !
    ~~~       ✍️ मुरारीराज मिश्र
नाेट: साहित्यपाेष्टमा प्रकाशित यी हाइकुहरुलाई याे लिंक https://sahityapost.com/2020/07/10611/ मा गएर पनि पढ्न सकिन्छ ।

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...