लघुकथा : जुठो
✍️ मुरारीराज मिश्र
एकाबिहानै नातेदार बितेको खबर आयाे । तेह्रदिने नाताभित्रका मान्छे बितेको खबर सुनेपछि चलिआएको चलन अनुसार जुठो बार्नै पर्याे । खबर सुनाउनेले अरु आफन्तहरुलाई पनि खबर गरिदिनु भनेकाले काकालाई खबर सुनाउन माेवाइल उठाएँ ।
माेवाइलमा नाम र नम्बर हेर्दै थिएँ, झण्डै एकबर्ष अघि जुठो सुनाउँदाकाे कुरा सम्झनामा आयाे । त्याे दिन, यसैगरी जुठाे परेको खबर बिहानै सुनेपछि आफन्तहरुलाई सुनाउने क्रममा काकालाई फाेन गरेको थिएँ । काकीले फाेन उठाएर भन्नुभएको थियोे `हरे शिव ! एकाबिहानै यस्तो खबर त नसुनाएकाे भए पनि हुन्थ्यो नि ! जुठो सुनेपछि कम्तीमा पनि छाक छाेड्नु पर्छ । अब तिम्रा काका बिचरा, भाेकभाेकै अफिस जाने भए ! राेगी मान्छे, साह्रै गाह्रो हुने भाे !´ याे कुरा सम्झेपछि फाेन गर्न मन लागेन । साेचें अब भरे सुत्नेबेलामा मात्रै सुनाउँला ।
रात परेपछि अब त काकाले खानपिन सके हाेलान् भनेर फाेन गरें । खबर सुनाएँ । काकाले `लाै त बाबु, जुठो सुनेपछि नुहाउनु पर्छ, अब खल्काे हालेर सुत्छु´ भन्दै थिए, फाेनमा पछाडिबाट `जुठो परेकाे जस्तो कुराे तुरुन्तै सुनाउन पर्छ नि ! हामीलाई त परचक्री ठान्दा रैछन् सबैले ! हामी साेझा ठानेर हेपेका हाेलान्´ भन्ने काकीकाे आबाज सुनियाे । म जिल्ल परेर साेच्न थालें - साँच्चै, जुठाे सुनाउने समय कुन हाे त !!
(उमामहेश्वर मार्ग, काठमाडौं -७, कुमारीगाल
Comments
Post a Comment