प्रार्थना
दयानिधान शंकर, म मा संधै कृपा गर
म भाव-भक्ति जान्दिन, परें हजुरकै भर ।।
अज्ञानी, मुढ छु प्रभु, म भित्र लाेभ-दम्भ छ ।
याे माेहमा डुबें किन ? म बुझ्दिन, अचम्म छ !!
यी लाेभ, माेह, दम्भका, तलाउ ज्ञानले भर ।
म आर्त भै पुकार्दछु, प्रभु अब अघि सर ।।
कुकर्मता कति गरे, यी मन्, वचन् र कर्मले ।
निहुरिंदैछ शिर याे, हरेक दिन शर्मले ।।
म डुब्छु कि त नर्कमा, मलाई छ यही डर !
प्रभु शिव, दया गर, कुकर्म, पाप सब् हर ।
दयानिधान शंकर, म मा संधै कृपा गर
म भाव-भक्ति जान्दिन, परें हजुरकै भर ।।
✍️ मुरामि
Comments
Post a Comment