लघुकथा: समय
✍️ मुरारीराज मिश्र,
हिजो : उ विद्यार्थी थियोे । चिच्याउँथ्याे “हामीले पढ्न चाहेर मात्रै के गर्नु ! पढाउने राम्रो शिक्षक पनि त चाहियो !!”
आज: उ शिक्षक छ । फेरि चिच्याउँदै छ “हामीले पढाएर मात्र के गर्नु ! राम्रा विद्यार्थी पनि त चाहियो !!"
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)
(शब्दाङ्कुर २०८१ बैशाखमा प्रकाशित )
Comments
Post a Comment