गजल

✍️ मुरामि

चाेरलाई चाेर भन्न डराउनु पर्ने बेला आयो ।

ठगलाई साधु भनी सह्राउनु पर्ने बेला आयो ।।


मतलवी भए सबै बिना स्वार्थ केही नगर्ने ।

आफ्नैलाई घुस दिई काम गराउनु पर्ने बेला आयाे ।।


उ फटाहा हाे भन्ने कुरा थाहा नभएको होइन ।

शक्तिमा छ त्यसैले मनपराउनु पर्ने बेला आयो ।।


सत्य कुरा बाेल्दा जिब्रो थुतिने डर देखिंदैछ ।

झूटाे बाेल्न आफैंलाई अह्राउनु पर्ने बेला आयो ।।


के नै हुने रहेनछ यहाँ आफूलाई सत्यवादी बनाएर !

सत्यमा अड्छु भन्नेले अब हराउनु पर्ने बेला आयाे ।।

कविता संसारमा प्रकाशित 



Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …