लघुकथा: अन्तिम गन्तव्य

              ✍️ मुरारीराज मिश्र

"यस्तो कर्मले तिमी पक्कै नर्क जान्छाै बुढा" मन्त्रीपत्नीले च्याँठ्ठिदै भनिन् ।

"अं, तैंले भन्दैमा नर्क परुँला नि ! त्यस्ताे के गरेको छ र मैले" पतिले हाँस्दै प्रतिप्रश्न गरे ।"

"मैले मात्रै भन्या हाे र ! पत्रिका र टीभी पनि हेर्न छाड्याै कि क्या हँ बुढा ? के-के गर्‍या छाै त त्यतै छरपस्ट छन् नि ! सारा जनता छिछि र दुरदुर गर्दैछन्, लाजै मर्दाे !"

"हेर बुढी, झिंगाको सरापले डिंगा मर्दैन ! म त सिधै चित्रगुप्तसंग भेटेर आफ्नो स्पष्टीकरण दिने हाे मरेपछि ।"

"चित्रगुप्तलाई भेट्न त स्वर्ग पुग्नु पर्‍‍याे नि, आफ्नो कर्म हेर्दा स्वर्ग जाउँला जस्तो लाग्छ अझै तिमीलाई !" बुढी फतफताउँदै भान्सा तिर पसिन् ।

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

sabdankur ma पठाएको 

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...