लघुकथा : मानवीयता

            ✍️ मुरारीराज मिश्र,

बाटोमा एकसुरले हिडिरहेकाे अमित, छेउको नालीबाट आईरहेकाे आवाज सुनेर नालीतर्फ माेडियाे । निहुरिएर नालीभित्र हेर्‍यो । अनि, पिठ्युँमा बाेकेकाे झाेला हतारहतार भुईंमा राख्याे । जुत्ता फुकाल्याे । कमिजकाे बाहुला र पाइन्टकाे माेता सार्दै नालीतिर ओर्लियाे ।

एउटा मानिस अचानक त्यसरी नालीमा पस्न लागेकाे देखेर काैतुहलतापूर्वक मानिसहरु झुम्मिए । भीडबाट एउटाले साेध्याे "हैन, के भयाे किन छिरेको नालीमा ?" 


"नालीमा बच्चा खसेछ, निकाल्दैछु" उसले तलतिर ओर्लिंदै जवाफ दियाे ।

उसको जवाफ सुनेर मानिसहरु "कठै बिचरा, कसको बच्चा रहेछ ! जिउँदै त हाेला नि ?" भनेर विस्मात् मान्दै अझै झुम्मिएर हेर्नथाले । 

एकछिन पछि, कुकुरको सानाे बच्चाे हातमा बाेकेर उ नालीबाट निस्कियाे । नसाेचेकाे दृश्य देखेर मानिसहरू भन्न लागे "जाबो एउटा छाउरो बचाउन पनि त्यस्तो फोहोरमा पस्ने, कति मूर्ख रहेछाै तिमी त !"

सहज भावमा उसले भन्यो "छाउरो होइन, मैले मानवीयता बचाएको हुँ ।"

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...