लघुकथा: ताली

               ✍️ मुरारीराज मिश्र,

ठूलो मञ्चमा आसन ग्रहणकाे कार्यक्रम चल्दै थियोे ।

चस्मा मिलाउँदै लिष्टमा आँखा गाडेर अतिथिको नाम बाेलाउनमा व्यस्त थिए उद्‌घाेषक ।

उनले हरेक पटक नाम बाेलाउँदा दर्शक दीर्घाबाट तालीकाे आवाज आउँथ्यो ।

आसनग्रहण गराउन पर्नेका संख्या लामै भएकाले दर्शकतिर हेर्ने फुर्सद थिएन उद्‌घाेषकलाई ।

जब उनले अन्तिम आसनग्रहणकर्ताकाे नाम लिए, तालीकाे आवाज सुनिएन ! तब छक्क पर्दै उनले दर्शक दीर्घातर्फ आँखा दाैडाए !

सभाहल खाली थियोे । सबै आगन्तुक मञ्चासिन देखिए !

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

सारथिमा प्रकाशित 

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...