लघुकथा: अविश्वास

              ✍️ मुरारीराज मिश्र

ल ! राेवर्ट सरकाे खुट्टा नराम्ररी भाँचिएजस्तो छ ।" पथप्रदर्शक दिनेशले कराएर भने ।

एक्कासी यस्तो कुरा सुनेर, पहाडी क्षेत्रकाे पदयात्रामा जान बस चढेका टाेलीका सबै सदस्य ओर्लिए । बस चढ्ने क्रममा चिप्लिएर लडेको रहेछ राेवर्ट । दिनेशले तुरुन्तै आफ्नो ट्रेकिङ कम्पनीलाई खबर गरे । उसलाई तत्कालै नाम चलेको अस्पताल पुर्‍याइयो ।

जचाँउदा, स्टिल हालेर छिटै शल्यक्रिया गर्नुपर्ने अन्यथा इन्फेक्सनकाे संभावना छ भनेर त्यहाँका डाक्टरले सल्लाह दिए । तर, नेपालमा राम्रो उपचार नहुने ठानेर राेवर्टले शल्यक्रिया गर्न मानेन । सबैले सम्झाउँदा पनि केही नलागेपछि उसलाई उसकै देश फर्काउन भाेलिपल्टकाे प्लेनकाे टिकट काटियाे ।

हाेटेलमा फर्केपछि राेवर्टले आफ्नो देशकाे आफू जचाउन जाने अस्पतालकाे विशेषज्ञ डाक्टरलाई फाेन गर्‍यो । सबै घटनाको बेलिबिस्तार सुनायाे ।

राेवर्टबाट नेपालको अस्पताल र डाक्टरकाे नाम सुनेपछि उताका डाक्टरले भने "उहाँको कुरा नमानेर तिमीले ठूलै गल्ती गर्दैछाै, मलाई हड्डी राेग विशेषज्ञ बनाउने मेराे गुरु उहाँ नै हाे ।

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...